Comments Add Comment

जग्गा विवादमा बाबुद्वारा छोराको हत्या

२५ माघ, धनगढी । जग्गा विवादमा कैलालीको रामपुरमा बुवाले छोराको हत्या गरेका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ रामपुरका ७२ वर्षीय राजमले रोकायाले धारिलो हतियार प्रहार गरी आफ्नै छोरा वर्ष ४३ को कर्ण रोकायाको हत्या गरेका हुन् ।

जग्गा विवादका क्रममा उनले सोमबार राति ११:३० बजेतिर छोराको टोउकामा धारियो हतियार प्रहार गरेका थिए ।

घटनामा घाइते भएका कर्णलाई उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बाबु राजमलेलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment