Comments Add Comment

म बक्स अफिसको राजा होइनः आमिर खान

आमिर खान अभिनित फिल्म दंगलले बक्स अफिसमा व्यापारको नयाँ किर्तिमान रच्यो । इतिहासमै सबैभन्दा बढि पैसा कमाउने फिल्मको रुपमा दंगलको नाम दर्ता भइसकेको छ ।

आमिरले अभिनय गरेका फिल्मले यसअघि पनि किर्तिमानी व्यापार गर्दै आएका छन् । उनको फिल्म भन्नासाथ दर्शकहरुको ठूलो तप्का पहिल्यैदेखि मुख मिठ्याएर बसेको हुन्छ । यो सबका बाबजुद आमिर आफूलाई बक्स अफिसको राजा भन्न रुचाउँदैनन् ।

दंगलको सक्सेस पार्टीमा आमिरले भने, ‘मलाई लाग्दैन कि म बक्स अफिस किङ हुँ । मैले आजसम्म कुनै पनि फिल्म बक्स अफिसलाई ध्यानमा राखेर साइन गरेको छैन । बल्कि जुन फिल्मले मेरो दिल छुन्छ, त्यसैमा काम गर्दै आएको छु ।’

आमिरका अनुसार रंग दे बसन्ती, तारे जमी पर, सरफरोस, थ्रि इडियट्स जस्ता फिल्महरुले बक्स अफिसमा कमाल गर्लान् भन्ने उनलाई लागेकै थिएन ।

‘यहाँसम्म कि दंगलबाट पनि मलाई ठूलो व्यापारको आशा थिएन,’ उनले भने, ‘किनकी यो फिल्ममा मैले भद्दा शरीर भएको पहलमानको भूमिका निभाएको छ । साथै यसमा कुनै रोमान्टिक गीत छैन ।’

आफ्नोलागि दर्शकको माया नै सबैथोक भएको उनले बताए ।

‘मलाई अरु केही चाहिँदैन । यदि मैले विजनेसको विषयमा सोच्थेँ भने धोबीघाट जस्तो फिल्म बनाउने थिइनँ । मलाई नम्बर गेममा कत्ति पनि रुची छैन,’ आमिरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment