Comments Add Comment

रेखा र आर्यन एकसाथ, बन्ने भयो ‘कसो कसो माया बस्यो’


समाचारको शिर्षक पढर नझुक्किनुहोस्, हामीले यहाँ चर्चा गर्न लागेका नायक आर्यन सिग्देल होइनन् । उनी हुन् नायक आर्यन अधिकारी । जसले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए । उनै आर्यन अहिले चलचित्र ‘बटरफ्लाई’मा नायिका प्रियंका कार्कीसँग काम गरिरहेका छन् ।

अब, उनै नायक आर्यन अधिकारी र नायिका रेखा थापालाई लिएर निर्देशक सविर श्रेष्ठले चलचित्र ‘कसो कसो माया बस्यो’ बनाउने भएका छन् । यो चलचित्रको छायांकन आउँदो वैशाखदेखि सुरु हुनेछ । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा रामहरि धितालसँगको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । यसअघि सविरले रामहरिसँग मिलेर ‘तथास्तु’ नामक चलचित्र बनाएका थिए । चलचित्रलाई पनि सविरले नै लेखेका हुन् ।

चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै आर्यनलाई रेखाले नजिकबाट सहयोग गर्दै आएकी थिइन् । अब, हेर्न बाँकी यो छ कि रेखा र आर्यनको जोडी पर्दामा कस्तो देखिनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment