Comments Add Comment

बलिउड फिल्ममा विल्सनको चाइनीज गेटअप(भिडियो)


नेपाली चलचित्र तथा हाँस्य सिरियलका चर्चित कलाकार विल्सन विक्रम राइले केहि हप्ता अगाडि मात्र एक बलिउड चलचित्रमा काम गरे । यो चलचित्रमा उनी नायिका आयषा टाकियासँग देखिदैछन् । करिब दुई साता उनले यो चलचित्रको छायांकनमा बिताए ।

विल्सनको गेटअप भने गोप्य राखिएको थियो । चलचित्रको नाम अझै पनि सार्वजनिक गरिएको छैन । बाल मनोविज्ञापनमा आधारित यो चलचित्रमा आयषा र विल्सनले पर्दा शेयर गरेका छन् ।

तर, चलचित्रको छायांकन सकिएको केहि समयपछि विल्सनले आफ्नो गेटअप सार्वजनिक गरेका छन् । उनले एक भिडियो नै युटुबमा राख्दै गेटअप सार्वजनिक गरेका हुन् । यो चलचित्रमा उनी चाइनीज भेषमा देखिएका छन् ।

उनको यो भिडियो हेर्दा उनी चलचित्रमा चाइनीज एक्सन गुरुको रुपमा देखिएको अड्कल लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment