Comments Add Comment

आकर्षक अवतारमा आयो महिन्द्रा एक्सयुभी-५०० को ‘स्पोर्ट अडिसन’


२६ माघ, काठमाडौं । महिन्द्राले आफ्नो लोकप्रिय एक्सयुभी ५०० लाई नयाँ स्वरुप र डिजाइनमा उतारेको छ । यसको स्पोर्ट  एडिसन भारतीय बजारमा सार्वजनिक भएको छ । नयाँ एक्युभी ५००को मोडल डब्ल्यु १० डिजाइनमा आधारित छ ।

यो एडिसन म्यनुअल र अटोमेटिक भर्सनमा उपलब्ध छ । भारतीय बजारमा म्यानुअल भर्सको एक्सयुभी ५००को मूल्य १६.५३ लाख भारु र अटोमेटिक भर्सनको १७.५६ लाख भारतीय रुपैयाँ तोकिएको छ ।

यसलाई स्पोर्टी लुक्स दिन खास किसिमको डिजाइन गरिएको छ, ओआरवीएम र ढोकासँगै ‘स्पोर्ट’ स्टीकर लगाइएको छ ।

यसको एलोह्वील पनि खास किसिमको छ । ब्रेक क्यालीपर्स, डोर ह्याण्डल, रुफ रेल्स र फ्रन्ट फग लाइटमा रेड हाइलाइटर दिइएको छ । महिन्द्राले यसको सि-पिलर, कारको पछाडितर्फ ‘स्पोर्ट’ बेजिङ दिएको छ ।

यो एसयुभीलाई बाहिरबाट हेर्दा निकै आकर्षक स्वरुपमा बनाइएको छ । इञ्जिनमा भने यसअघिको भन्दा खासै परिवर्तन गरिएको छैन ।

यसको पावर १४० पीएस र टर्क ३३० एनएम छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गेयरबक्स दिइएको छ । यसमा अल ह्वील ड्राइभलाई निकै स्टान्डर्ड रुपमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment