Comments Add Comment

युवा संघका ३ केन्द्रीय सदस्य निश्कासित, महाधिवेशन वैशाखमा

माधव नेपाल पक्षद्वारा अलग्गै महाधिवेशन गर्ने चेतावनी

फाइल तस्वीर

२६ माघ, काठमाडौं । एमालेसम्बद्ध युवा संघ नेपालको नवौं महाधिवेशन आगामी वैशाख ९ देखि १२ सम्म हेटौंडामा हुने भएको छ । तर, माधव नेपाल पक्षधर पदाधिकारीले भने संस्थापन पक्षले एकलौटी गरेको भन्दै अलग्गै महाधिवेशनको मिति तोक्ने चेतावनी दिएको छ ।

माघ २३ देखि काठमाडौंमा शुरु भएको तर विवादका कारण बुधवारमात्रै अघि बढेको बैठकमा अध्यक्ष राजीव पहारीले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । महाधिवेशनका लागि पहारीको संयोजकत्वमा महासचिव किरण पौडेल सचिव रहेको मूल व्यवस्थापन समितिसमेत गठन भएको छ ।

बैठकले केन्द्रीय सदस्यहरु अञ्जन भट्ट, बालिका खड्का र माधव विष्टलाई संगठनको हित विपरीत लागेको भन्दै कारवाही गरेको छ । त्यस्तै किरण पन्तलाई अमेरिका बसोबास गरेका कारण बिदा गरिएको प्रवक्ता प्रभातविक्रम कटुवालले अनलाइनखबरलाई बताए ।

माधव नेपाल पक्ष असन्तुष्ट

यता युवा संघ उपाध्यक्ष दिलकुमारी पन्तले भने महाधिवेशनको मिति अलग्गै घोषणा हुने बताइन् । उनले भनिन्- उहाँहरु पार्टीको नियमावली नमान्ने भन्नुहुन्छ भने हामी कसरी उहाँहरुको निर्णय मान्न सक्छौं ? महाधिवेशनको मिति घोषणा गर्छौं, हामी काठमाडौंमै महाधिवेशन गर्छौं ।

पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक अन्य भातृ संगठनका सम्पर्क कमिटीहरु नरहने भनिसकेको अवस्थामा युवा संघमा अन्तर जिल्ला कमिटी भंग हुनुपर्ने माग पन्त पक्षको छ । अन्तर जिल्ला कमिटीलाई भंग गर्ने मात्र होइन, अन्य विषयमा पनि विवाद रहेको पन्तले बताइन् ।

यो पनि पढ्नुहोस् 

युवा संघको बैठकमा ‘हात हालाहाल’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment