Comments Add Comment

चीनले नेपाल एयरलाइन्सलाई सहुलियत ऋणमा दियो दुई विमान


२६ माघ, काठमाडौं । दुई नयाँ चिनियाँ विमानलाई चीनले औपचारिक रुपमा हस्तान्तरण गरेको छ । पछिल्लोपटक नेपाल आइपुगेका एमए-६० र वाई-१२ ई बिमान हस्तारण भएको हो । यि विमान नेपाल एयरलाइन्सलाई सहुलियत ऋणमा उपलब्ध गराएको हो ।

चिनियाँ एभिक इन्टरनेशनका उपाध्यक्ष झाओ ज्यान्सीले निगम महाप्रवन्धक सुगतरत्न कंसाकारलाई यि बिमान हस्तान्तरण गरेका हुन् । एमए ६० लाई नेपाल एयरलाईन्सले फेवा नामा दिएको छ भने वाई १२ ईलाई गौंथली भनेको छ ।

दुई कम्पनीबीच हस्तारणको समझौतामा हस्तान्तरण भएको छ । चीनले दिएको एमए ६० ५६ सिट क्षमताको हो भने वाई-१२ ई १८ सिट क्षमताका विमान हो। एमए ६०ले विशेषगरी यात्रुको बढी चाप हुने तराई क्षेत्रमा उडान भर्नेछ । वाई१२ ईलाई दुर्गम पहाडी जिल्लाहरुमा उडाउने नेपाल एयरलाइन्सको योजना छ ।

विमान हस्तान्तरण कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनले अंग्रेजी बोल्न जान्ने प्रशिक्षक पाइलट नेपाल पठाउनुपर्ने बताए । उनले नेपालको जस्तै भूबनोटमा जहाज उडाएका पाइलट आवश्यक रहेको भन्दै चिनियाँ राजदूतको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment