Comments Add Comment

नेपाल प्रहरीले भन्यो- दाउदका एजेन्ट होदा भारतलाई बुझाउन सकिँदैन


२७ माघ, काठमाडौं । अण्डरवर्ल्ड डन दाउद इब्राहिमका नेपाली एजेन्ट सम्सुर होदाबारे भारतीय प्रहरीले चासो देखाएको छ । उसले कानपुर रेल दुर्घटनामा होदा संलग्न भएको भन्दै भारतलाई सुम्पन माग गरेको छ ।

तर, नेपाल प्रहरीले भने उनीविरुद्ध नेपालमै अपराध गरेको अभियोग रहेकाले सुपुर्दगी नगरिने बताएको छ ।

नेपाल-भारतवीच त्यसरी एक देशका नागरिकलाई अर्को देशलाई दिने कुनै कानुनी व्यवस्था नभएको विषेश ब्युरोका डीआईजी बमबहादुर भण्डारी बताउँछन् । उनले भने, ‘होदालाई हामीले बारामा दुई भारतीय नागरिकको हत्या गरेको आरोपमा पक्राउ गरेका हौं । उनलाई नेपालमै कारबाही हुन्छ ।’

दुई भारतीय नागरिक हत्याको आरोपमा जिल्ला अदालत बारामा मुद्दा दर्ताका लागि म्याद थप भइसकेको छ ।

अदालतबाट म्याद थप भइसकेको अवस्थामा होदालाई कतै बुझाउने सम्भावना नरहेको डीआईजी भण्डारीले बताए ।

होदा भारतलाई सुम्पन आग्रह गरेपनि नेपालले नमानेको भारतको आतंकवादसम्बन्धी अनुसन्धान गर्ने नेशनल इन्भेष्टिगेसन एजेन्सी स्रोतले उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार अब भारतीय अधिकारीहरु नेपालमै आएर उनीसँग सोधपुछ गर्नेछन् ।

कानपुरमा भएको रेल दुर्घटनामा होदाको संलग्नता रहेको भारतीय प्रहरीको आशंका छ । यो घटनामा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको संलग्नता रहेको र होदाले उसका लागि काम गरेको हुनसक्ने भारतीय दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment