Comments Add Comment

आफूलाई पुरानो देखाउन चाहन्नन् रेखा, यसैले नयाँ हिरोसँग गर्दैछिन् काम


तपाइले नायिका रेखा थापाको चलचित्रमा काम गर्ने शैली हेर्नु भयो भने पनि यो अड्कल लगाउन सक्नुहुन्छ कि, आखिर किन उनी नयाँ अनुहारसँग काम गरिरहेकी छिन् ? रेखाले चलचित्र ‘हिरो’मा नायक राजेश हमालसँग काम गरिन् ।

तर, रेखाको जोडी राजेशसँग लामो समय टिकेन । अहिले त उनीहरुविच बोलचाल पनि छैन । रेखाले बरु, आफ्नो ब्यानरमा आर्यन सिग्देल, आयुष रिजाल, सविन श्रेष्ठ जस्ता नयाँ अनुहारलाई भित्राइन् र काम गरिन् । तर, उनले पुराना नायकहरुसँग त्यती लामो सहकार्य गरिनन् ।

अब, वुधबारमात्र घोषणा गरिएको चलचित्र ‘कसो कसो माया बस्यो’लाई नै हेरौ न । यो चलचित्रमा नायक आर्यन अधिकारी मुख्य भूमिकामा छन्, जो यसै बर्षबाट चलचित्र क्षेत्रमा भित्रिएका हुन् । आर्यनले, नयाँ नायिका मरिष्का पोख्रेलदेखि चल्तीकी नायिका प्रियंका कार्कीसँग काम गरिरहेका छन् । रेखा, अब उनै आर्यनसँग काम गर्न तयार छिन् ।

रेखाको यो काम गर्ने शैली गज्जबको छ । किनकी, उनलाई पुरानो भन्नेहरुलाई उनी नयाँ नायकसँग काम गरेर जवाफ दिइरहेकी छिन् । चलचित्र ‘पलाँस’मा रेखाले कामेश्वर चौरासियासँग काम गर्न तयार भइन् । कामेश्वरको चर्चा अहिले बजारमा राम्रै छ । उनलाई नै रेखाले पर्दामा सहकर्मी बनाइन् ।

सविन श्रेष्ठ, किशोर खतिवडा त रेखासँग पर्दामा सबैभन्दा बढी दोहोरिने कलाकार हुन् । चलचित्र ‘डायरी’मा रेखाले छुल्ठिम गुरुङदेखि नयाँ नायकसँग काम गरिन् । रेखाको काम गर्ने यो शैलीले पनि के प्रष्ट पार्छ भने, उनी आफूलाई अहिलेकै नायिकाको स्थानमा उभ्याउन चाहन्छिन् ।

अधिकांश नायिकाहरु पुरानी हुँदै गएपछि नयाँ नायकहरुसँग काम गर्न चाहदैनन् । तर, रेखा आफ्नो स्टारडमलाई यथावत् राख्नकै लागि यो शैली अपनाइरहेकी छिन् । बजारमा आउने हटकेक नायकसँग पर्दा शेयर गर्ने रेखाको शैलीले, उनको चतुर्‍याँई पनि पुष्टी गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment