Comments Add Comment

आयो हुण्डाईको नयाँ ग्राण्ड आई-१०, के-के बदलियो ?

२७ माघ, काठमाडौं । हुण्डाईले आफ्नो लोकप्रिय कार हुण्डाई ग्राण्ड आई-१०को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । यो भारतीय बजारमा सार्वजनिक भएको छ ।

यसको सुरुवाती मूल्य भारतीय बजारमा ४ लाख ५८ हजार भारु छ भने यसको टप भेरियन्टको मूल्य ७ लाख ३३ हजार भारु तोकिएको छ ।

हुण्डाईको ग्राण्ड आई-१०ले नेपालमा पनि आफ्नो सेगमेन्टमा राम्रो प्रभाव छोडेको छ ।

नयाँ ग्राण्ड आई-१०मा पेट्रोल भर्सनमा १.३ लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पीड मेनुअल र ५ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ ।

डिजेल भर्सनमा भने ठूलो परिवर्तन नै गरिएको छ । यसमा पहिलको १.१ लिटरको इञ्जिन हटाएर १.२ लिटरको इञ्जिन दिइएको छ । यसले ७५ पीएस पावर र १९० एनएमको टर्क दिन्छ ।

नयाँ ग्राण्ड आई-१०को पेट्रोल मेनुअलमा १९.७७ किलोमिटर र पेट्रोल अटोमा १७.४९ प्रतिलिटरको माइलेज दिन्छ । डिजेल भर्सनमा २४.५४ प्रतिलिटरको माइलेज दिनेछ ।

डिजाइन

नयाँ ग्राण्ड आई-१०को डिजाइनमा पनि विभिन्न बदलाव गरिएको छ । यसको ग्रील, बम्पर र फग लाइटमामा परिवर्तन गरिएको छ । फग लाइटको बम्परको मुनि पहिलाकोभन्दा बढी दिइएको छ, यो बूक र्‍याङ्ग डिजाइनवाला ब्रेकेटमा पाइनेछ ।

फगलाइटसँगै डे टाइम रनिङ ल्याम्प पनि दिइएको छ । हेड ल्याम्प्स र बनोटको डिजाइनमा नयाँ परिवर्तन गरिएको छ । पहिलेको ग्राण्ड आई-१०भन्दा यो बिल्कुल नयाँ देखिनेछ ।

साइडमा १५ इञ्चको नयाँ डायमन्ड कट एलोयह्वील दिइएको छ । यो केबल स्र्पोटेज (ओ) एटी र एस्टा भेरियन्टमा उपलब्ध हुनेछ । पछाडितर्फको इग्निसको जस्तै डुअल टोन, बम्पर दिइएको छ । यसैले ग्राण्ड आई-१०लाई निकै नयाँ स्वरुपमा प्रदर्शन गर्छ ।

नयाँ रंग

पहिलाको जस्तै ग्राण्ड आई-१० ५ रंगमा उपलब्ध हुनेछ । तर, यसमा वाइन रेडको सट्टा प्यासन रेड राखिएको छ ।

यो पहिलाको रंगभन्दा निकै चम्किलो र स्र्पोटी लुक्ससहितको छ । ग्राण्ड आई-१० सिल्क सिल्भर, ट्वीलाइट ब्लु, स्टार डस्ट, प्योर ह्वाइट र गोल्डेन अरेन्ज कलरको विकल्पलाई कायम राखिएको छ ।

क्याबिनमा परिवर्तन

क्याबिनको कुरा गर्ने हो भने नयाँ ग्राण्ड आई-१०मा पुरानै जस्तो बेज-ब्ल्याक कलर शेड दिइएको छ । इन्ट्री लेभलको एरा भेरिन्टको फिचर्स पहिलेको जस्तै छ ।


ड्राइभरसाइड एयरब्याग र फ्रन्ट पावर विन्डोज पहिलोको जसतै स्टान्र्डडमा कायम छ । ड्युल फ्रन्ट एयरब्याग, स्र्पोट्स भेरियन्टबाट स्टान्डर्ड दिइनेछ ।

इन्टेरियर


नयाँ ग्राण्ड आई-१०को इन्टिेरियरमा केही नयाँ फिचर्स राखिएका छन् । स्र्पोट्स (ओ) र एस्टा भेरियन्टमा एपल कारप्ले, गूगल एन्ड्रोइड अटो, स्मार्टफोन नेभिगेशन, भ्वाइस रिकग्निशन र मिरर लिंक कनेक्टीभिटी सपोर्ट गर्ने ७ इञ्चको टचस्क्रिन इनफोटेन्मेट सिस्टम जोडिएको छ ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी र रियर पार्किङ क्यामेरा पनि यसमा छ । म्याग्ना भेरियन्टमा इन्सपेक्ट अटो डोर लक फिचर्स दिइएको छ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment