Comments Add Comment

टाटाको कम्प्याक्ट सेडान ‘टिगोर’ आउँदै


२८ माघ, काठमाडौं । भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले छिट्टै आफ्नो कम्प्याक्ट सेडान ‘टिगोर’ बजारमा ल्याउने भएको छ । कम्पनीले अटो एक्सपो २०१६मा कन्सेप्ट कार काइट-५का रुपमा प्रदर्शन गरेको थियो ।

टिगोरको ह्याचब्याक संस्करण यसअघि नै बजारमा छ । टाटा मोटर्सको प्यासेन्जर भहिकल युनिटका अध्यक्ष मयंक पाकिरले यसलाई बजारमा ल्याउन तीव्र गतिमा काम भइरहेको बताएका छन् ।

उनले यो कायर बजारमा विशेष अवतारका साथ उत्रिने दावी गरे । यसले भारतीय बजारमा मारुतिसुजुकीको डिजायर, होण्डाको अमेज र फोर्डको एक्पायर तथा भक्ववागनको एमियोसँग प्रतिस्पर्धा गर्नेछ ।

अटो मेलामा काइट-फाइभका रुपमा प्रर्दशन गरिएको सेडान

यो सेडानको मूल् यभारतीय बजारमा ५.९५ लाख भारु देखि ९.५५ लाख भारुसम्म पर्ने अनुमान छ । कम्पनीले सन् २०१९सम्म भारतको प्रमुख ३ कार कम्पनीभित्र पर्ने लक्ष्य राखेको छ । कम्पनीले केही समयअघि मात्रै भारतीय बजारमा हेक्जालाई उतारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment