Comments Add Comment

मेरो जस्तो फिगर जो कोहिले पाउँदैनन्ः सना खान


चलचित्र ‘वजा तुम हो’मा निकै बोल्ड अवतारका कारण चर्चामा रहेकी नायिका तथा मोडल सना खानलाई आफ्नो फिगरमा निकै घमण्ड रहेछ । सनाले यो चलचित्रमा निकै बोल्ड दृश्य दिएकी छिन् । सना कसैले सेक्सी भनिदिदा दंग पर्छिन् ।

उनी भन्छिन्-‘सेक्सीको अर्थ नांगो हुनु मात्र होइन ।’ उनका अनुसार, उनको जस्तो शरीर बनाउका लागि धेरै नायिकाले दिनरात पसिना बगाएका छन् । सनाले भनिन्-‘मेरो जस्तो फिगर जो कोहिले पाउँदैनन् ।

कतिपय महिलाले सेक्सी कपडा नलगाएपनि उनीहरु हेर्दा नै बोल्ड देखिन्छन् ।’ सनाले आफ्नो शरीरको खुबै तारिफ गरेपनि, उनलाई यसले खासै फाइदा भने दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment