Comments Add Comment

त्यो भैरहवा, यो भैरहवा, सामान्य गाउँदेखि व्यापारिक शहरसम्मको फड्को


२९ माघ, भैरहवा । पत्याउन गाह्रो पर्छ, ०२० को दशकसम्म भैरहवा एउटा गाउँको रुपमा थियो । ५० वर्षको अन्तरालमा त्यो गाउँ आज शहरको रुपमा कायापलट मात्र भएन, व्यापारिक हब नै बनेको छ । यसमा अझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परिचय पनि जोडिएको छ ।

त्यसबेला गाउँको वरिपरि जंगल रहेको ठाउँमा अहिले भैरहवाको मुटु मानिने बुद्ध चोक, बर्मेली टोल फैलिएका छन् । अहिलेको भन्सार कार्यालयको स्थानमा बेलहिया बसपार्क थियो । बेथरीमा बजार लाग्थ्यो ।

अहिले ९० प्रतिशत बढी आयातमा निर्भर रहेको भैरहवा भन्सार कार्यालय देशकै दोस्रो ठूलो भन्सार नाका बनेको छ ।

तर, एउटा समय थियो, भैरहवा भन्सारले चामल, तोरी निर्यात गर्ने नाकाको रुपमा ख्याति कमाएको थियो । मैत्रीपथस्थित कृष्ण मन्दिरको छेउमा पक्लिहवा भन्सार नाका थियो । आज जस्तो व्यापारिक रुपमा स्थापित नभए पनि २० को दशक अगाडि पनि भैरहवामा कपडाको व्यापार हुने गथ्र्यो ।

भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल नाममा मात्रको थियो, सातामा मुस्किलले एउटा उडान हुन्थ्यो । डोकोटा नामक विमानले यात्रु बोक्थ्यो, जसको पङ्खा हातले घुमाएर स्टार्ट गर्नुपर्थ्यो ।

भैरहवा-बुटवल जाने अहिलेको सिद्धार्थ राजमार्ग हेर्दा कुनै समय यहाँ खाल्डैखाल्डो र धुलाम्मे हुलाकी सडकमा यात्रा गर्नुपथ्र्यो कुरा कथा जस्तो लाग्न सक्छ । भन्सार नाका पक्लिहवादेखि बुटवल जाने ढुंगैढुंगाको भित्री सडकमा यात्रा गर्न बसले पनि दिनभरिको समय लगाउँथ्यो । बसमा भैरहवादेखि बुटवल गएको एक मोहर भाडा लाग्थ्यो ।

त्यतिबेला बसको सुविधा हुनु ठूलो कुरा त थियो, तर यात्रा सहज थिएन । बस यति होचो थियो, सिटमा बस्दा पनि टाउको ठोक्किन्थ्यो । सामान्यतया सर्वसाधारणलाई आउजाउ र सामान ढुवानीको लागि बैलगाडाको भर थियो ।

आर्थिक कायापलट यसरी भयो

शंकर कान्दु

भैरहवाको व्यापारिक पृष्ठभूमि स्मरण गर्दै यस क्षेत्रका पुराना उद्योगी शंकर कान्दु भन्छन्, ‘०२२ सालमा भैरहवा (सुनौली) – पोखरा सिद्धार्थ राजमार्गको निर्माण भएपछि भैरहवाको आर्थिक विकासको द्वार खुलेको हो ।’

सिद्धार्थ राजमार्ग उक्त समयमा एसपीआर अर्थात् सुनौली-पोखरा राजमार्गको नामबाट परिचित थियो । यो राजमार्ग निर्माण हुनु अगाडिसम्म रुपन्देहीको बुटवल खासगरी गल्ला र घ्यूको कारोबारमा व्यापारिक हब थियो । उतिबेला रुपन्देही र कपिलवस्तुका किसान तथा व्यापारीहरु बुटवलमा चामल बिक्री गर्न लैजान्थे ।

कान्दुका अनुसार, सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि गल्लाको कारोबार भैरहवामा पनि सुरु भयो । गल्ला व्यापारमा भैरहवाले बुटवललाई उछिन्यो । बुटवल जाने धान, चामल यता आउन थाल्यो । यहाँबाट पोखरा, काठमाडौं लगायत पहाडका अधिकांश शहर र भारततर्फ समेत चामल निकासी हुन थाल्यो ।

०२५ सालतिर भैरहवामा चिनी मिलको स्थापन भएर सञ्चालन आएपछि भैरहवामा गल्लाको व्यापारमा स्थापित भएको कान्दु बताउँछन् । त्यसपछि भैरहवामा क्रमिक रुपमा बजार विस्तार भयो ।

भैरहवाको अञ्चलपुरमा रहेको तत्कालीन नेपाल विद्युत् कर्पोरेसनले त्यतिबेला पहिलो विद्युत् लाइन चिनी मिलमै दिएको थियो । ‘भैरहवामा विद्युत् कार्यालय स्थापना हुनु अगाडि ग्रामीण क्षेत्रमा सीमित राइस मिलहरु थिए, जुन इन्धनले चल्थे’ कान्दुले अनलाइनखबरसँग भने, ‘विद्युत् कार्यालय स्थापना भएसँगै विद्युतीय राइस मिलहरु खुलेर विकासको अर्को ढोका खुल्यो ।’

हाल गल्लामण्डीमा रहेको उनै शंकर कान्दुको संकटमोचन राइस, फ्लोर, आयल एण्ड दाल मिल पहिलो विद्युतीय मिल थियो । क्रमशः अरु राइस मिल तथा विभिन्न उद्योगहरु स्थापना हुँदै गए ।

भारतमा चामलको निकासी

राइस मिलको स्थापनासँगै भारतमा चामल निकासी गर्न ०२८ सालतिर भैरहवामा धान-चामल निर्यात कम्पनी स्थापना गरियो । त्यसपछि खाद्यान्नहरु धमाधम भारत जान थाले भने उताबाट लत्ताकपडा आउँथे ।

सो कम्पनी सरकारी तथा निजी लगानीमा स्थापना गरिएको थियो ।

तर, सरकारी उदासीनताका कारण कम्पनी लामो समय चल्न नसकेको त्यसबेलाका कम्पनी डाइरेक्टर तथा भैरहवाको पहिलो पुस्ताका उद्योगी नारायण अग्रवाल बताउँछन् ।

दुई-तीन वर्ष उक्त कम्पनी चल्दा भैरहवाबाट चामलको निकासी राम्रो थियो । सरकारले उक्त कम्पनी भंग गरेसँगै चामल निर्यात रोकियो र त्यसबाट गल्लाको व्यापारमा धक्का लाग्यो । कस्तो अवस्था आयो भने, चामल भारतबाट आयात हुन थाल्यो ।

यद्यपि भैरहवा भारतसँगको मुख्य इन्ट्री प्वाइन्टको रुपमा स्थापित भइसकेकोले खास असर नपरेको कान्दुको ठम्याइ छ । भैरहवाको आर्थिक कायापलटबारे उनी भन्छन्, ‘०२५ सालपछि यहाँ आर्थिक विकास भएको हो । पहिले र अहिलेको अवस्थालाई तुलना गर्दा जिरोदेखि हजार प्वाइन्टसम्म विकास भए जस्तो लाग्छ ।’

उद्योगदेखि पर्यटनसम्म फड्को

भैरहवामा ०३० को दशकमा व्यापार-व्यवसाय फस्टाउन थालेपछि यहाँ पहाडबाट बसाइँसराइँ हुने क्रम पनि बढ्यो । त्यसबाट यस क्षेत्रमा चहलपहल बढ्दै गयो ।

नारायण अग्रवाल

यहाँ गल्लाको क्षेत्रमा कान्दु परिवारको अग्रणी भूमिका रहेको छ । उद्योग क्षेत्रमा भने अग्रवाल परिवारको स्थान अग्रपंक्तिमा छ । सुरुवाती अवस्थामा नथुमल अग्रवालले कपडाको व्यापारबाट व्यवसाय सुरु गरेका थिए । उनका छोरा नारायण अग्रवालले आफ्नो पुस्तौनी व्यापारलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् ।

सबै कुरा समयको माग हो, कुनै बेला भैरहवा व्यापारमा चम्कियो, पछिल्लो समय भने उद्योग फस्टाइरहेको छ । व्यापारीहरुको दोस्रो पुस्ता पनि उद्योग क्षेत्रमै आकषिर्त देखिएका छन् ।

पछिल्लो समय भैरहवा पर्यटन क्षेत्रमा पनि स्थापित हुँदैछ ।

विगतदेखिको भैरहवाको विकासक्रमलाई नजिकबाट नियाल्दै आएका व्यवसायी नारायण अग्रवाल भन्छन्, ‘भैरहवाको भविष्य निकै सुन्दर छ ।’

आर्थिक क्षेत्रमा नयाँ आयाम

भैरहवा आर्थिक नाकाको रुपमा स्थापित हुनुमा भैरहवा (सुनौली)- पोखरा राजमार्गको भूमिका जति महत्वपूर्ण छ, अप्रत्यक्ष रुपमा त्यति नै भूमिका सीमावर्ती भारतीय शहरको नौतनवा रेल्वे स्टेशनको पनि छ ।

‘भैरहवा नजिक भारतले रेल्वे स्टेशन ल्याएपछि सामान आयात-निर्यात गर्न दुवै देशका व्यापारीलाई सहज भयो,’ अग्रवालले भने, ‘रेल्वे स्टेशन नौतनवामा आएपछि भैरहवा नाकामा नेपाल-भारतका व्यापारी, उद्योगीहरुको आकर्षण बढेको हो ।’

यो रेल्वे स्टेशन भैरहवा-पोखरा सडकभन्दा पुरानो हो । भारत सरकारको सहयोगमा सो सडक निर्माण भएपछि भैरहवामा व्यापार फस्टायो । व्यापारको सम्भावना देखिएसँगै उद्योग कलकारखाना खुल्ने क्रम सुरु भयो ।

स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेज स्थापना भएपछि यहाँको आर्थिक विकासमा तिनले पनि टेवा दिए ।

भैरहवा-पोखरा सडक अहिले स्तरोन्नति भई बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको रुपमा विस्तार भइरहेको छ । यसबाट भैरहवाले पुनः आर्थिक क्षेत्रमा नयाँ आयाम र चर्चा पाएको छ ।
अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र -सेज), लुम्बिनी तथा सिद्धार्थ नगरपालिकाको एकीकृत विकास लगायतबाट भैरहवाले नयाँ परिचय बनाउँदै छ ।

जारी छ विकासको रफ्तार

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा रुपन्देही क्षेत्र उद्योग, व्यापारका साथै पर्यटन, कृषिका हिसाबले पनि अगाडि छ । ०५० सालपछि बढी चर्चामा आएको लुम्बिनीको पछिल्लो समयमा बृहत्तर रुपमा विकास गरिँदै छ ।

भैरहवामा अन्तर्राष्ट्रिय वि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment