शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

श्रीकृष्ण जन्मेको जिल्लामा स्वेताको सहयोग, भनिन्-‘मलाई ‘बुहारी’ भन्दा पनि हुन्छ'(फोटो फिचरसहित)

अनलाइनखबर


नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् ।

भिडियोमा हेर्नुहोस्, स्वेतालाई यसरि गरियो भव्य स्वागत

शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर सहयोग गर्ने बताइन् । भूकम्पले माझी बस्तीलाई ठूलो असर गरेपनि अझै पनि यो बस्ती उठ्न सकेको छैन । उनले कार्यक्रममा भनिन्-‘यो बस्तीलाई नमुना बस्ती बनाउन म आफ्नो ज्यान दिएर लाग्नेछु । सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौ ।

स्वेता उक्त बस्ती पुग्दा उनलाई ‘भाउजु, बुहारी’ भनेर भव्य स्वागत गरिएको थियो । स्वेताले भनिन्-‘म हजुरहरुकै भाउजु, बुहारी हुँ । मलाई यो शब्दले सम्बोधन गर्दा कुनै आपत्ती छैन ।’ उनले श्रीकृष्णसँग बिहेपछि पहिलो पटक यो बस्ती पुगेको बताइन् । स्वेतालाई माझी बस्तीसम्म पुर्‍याउने सहयोग गर्ने यज्ञराज कार्कीले बर्खा सुरु हुनु भन्दा अगाडि नै बस्ती निर्माणको काम सुरु हुने बताएका छन् ।

स्वेताको स्वागतमा गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । स्वेताले स्वर्गिय पति श्रीकृष्णको चाहना पनि समाजसेवामै थियो । आफूले श्रीकृष्णको सपना पुरा गर्न काम गरिरहेको उनले बताइन् ।

तस्बिरः कमल प्रसाई

२०७३ फागुन १ गते ११:२१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • akash लेख्नुहुन्छ    |   २०७३ फागुन २ गते १२:१५

    jilla vandani gaun mai pugeko vaya aja bes hune

    5
    0
    Share

  • Amrit majhi लेख्नुहुन्छ    |   २०७३ फागुन ५ गते १०:४७

    आहा कति मिठो कुरा सुन्न पायौ खुसी लागेको छ यो कुरा सुनेर सहयोगी मन हरुलाई धेरै धेरै धन्नेवाद।

    6
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this