Comments Add Comment

आईजीपी विवादमा नयाँ ट्वीस्टः कार्यवाहक महानिरीक्षकको जिम्मेवारी पोखरेललाई

१ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा नयाँ ‘ट्वीस्ट’ आएको छ ।

डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दको विवाद अदालत पुगेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तेस्रो व्यक्तिलाई कार्यबाहक सुम्पिएर घर जाने तयारी थालेका छन् ।

प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाउँदैछन् । र, सोमबार विदाई कार्यक्रम राखिएको छ ।

अर्यालको कार्यकालको अन्तिम दिन आइतबार विहानै सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर, केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।

सर्वोच्चको आदेशपछि प्रहरीले महानिरीक्षक पाउन कम्तिमा ८ गतेसम्म समय कुर्नु पर्ने भएको छ । तर, अर्यालको विदाइका कारण तत्काल कार्यबाहक छान्नु पर्ने बाध्यता छ ।

प्रहरी हेडक्वाटरमा अब प्रहरी प्रमुख को भनेर आइतबार दिनभर नै खल्लाबैला पनि भयो ।

तर, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले सिलवाल वा चन्द दुबैले छाडेर प्राविधिक तर्फका एआईजी लाई कार्यवाहक प्रहरी प्रमुख बनाउने तयारीमा छन् ।

एआईजी डा. दिनेशचन्द्र पोखरेलले कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी पाउने प्रहरी स्रोतले बताएको छ । यसमा गृह मन्त्रालयको पनि सहमति देखिएको छ ।

प्राविधिक तर्फका एआईजी हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् ।

एआईजी पोखरेल प्राविधिक तर्फको भएकाले प्रहरी महानिरीक्षक बन्ने सक्दैनन् । महानिरीक्षक बन्नेले कसरी कार्यवाहक हुन सक्छ भन्ने प्रश्न पनि उठेको छ ।

तर, डीआईजी सिलवाल रिट निवेदन लिएर अदालत गएकाले उनी झगडिया भए । चन्दविरुद्ध उजुरी परेकाले उनलाई पनि कार्यवाहक दिने अवस्था छैन ।

दुई डीआईजी भएपछि एआईजीलाई नै कार्यवाहक दिनु उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।

तर, पोखेरलले कार्यवाहक पाएको केही दिनमा नै सरकारले कामु प्रहरी प्रमुख तोक्ने सम्भावना पनि रहेको गृहमन्त्री निकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment