Comments Add Comment

देउवाले विज्ञप्ति जारी गर्दै भने- प्रहरी प्रमुख नियुक्तिमा मेरो संलग्नता छैन

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् ।

सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले आइतबार विहान डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि देउवाले मौनता तोडेका हुन् । जबकी चन्दलाई आईजीपी बनाउन देउवाले दबाव दिएको खबर लगातार आइरहेको थियो ।

निजी सचिव केशवराज जोशीमार्फत जारी विज्ञप्तिमा कांग्रेस सभापति देउवाले भनेका छन्, ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’

देउवाले सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गर्न अनुसार पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment