Comments Add Comment

केकी र नाजिरको भ्यालेन्टाइन


पर्दामा रोमान्स गर्न लागेका नायक नाजिर हुसेन र नायिका केकी अधिकारीलाई प्रेम दिवसले छपक्कै छोएको छ । चलचित्र ‘राज्जा रानी’मा एकसाथ काम गर्न लागेका केकी र नाजिरले प्रेम दिवसमा प्रेम साटे ।

मिडियाको क्यामेरा अगाडि प्रेम पोजमा उनीहरुले विभिन्न तस्बिर खिचाए । क्यामेराकै अगाडि सहि, केकी र नाजिरले एक अर्कालाई प्रेम दर्शाए । नेपाली चलचित्र बजारमा नायक नाजिर हुसेनको प्रेम नायिका नम्रता श्रेष्ठसँग रहेको चर्चा चलिरहेको छ । नायिका केकी अधिकारी भने प्रेमको गसिपबाट बाहिर रहँदै आएकी छिन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment