Comments Add Comment

पुष्पल र श्रद्धाको प्रेम


म्यूजिक भिडियो हुँदै चलचित्रमा पाइला राखेका कलाकार हुन्, पुष्पल खड्का । म्यूजिक भिडियोमा पुष्प नामले परिचित उनलाई निर्देशक तुलसी घिमिरेले ‘दर्पण छाया २’मा अनुवन्धित गरेपछि, पुष्पल बनाइदिए । उनी अहिले पुष्पल खड्काको नामले परिचित हुँदैछन् ।

यस्तै, यहि चलचित्रबाट नेपाली रंगिन दुनियाँमा प्रवेश गरेकी नायिका हुन्, श्रद्धा प्रसाई । ‘दर्पण छाया २’मा बोल्ड भूमिकामा देखिएकी उनी ‘प्रेमगीत २’मा पनि विशेष भूमिकामा छिन् ।

पुष्पल र श्रद्धाले अनलाइनखबरका लागि ‘भ्यालेन्टाइन’ विशेष फोटोसुट गरेका छन् । प्रेमको पर्वमा रंगिदै एक अर्काको अंगालोमा यी दुइलाई आफूलाई समाहित गराए । पुष्पल र श्रद्धा ‘दर्पण छाया २’बाट आफूहरुलाई दर्शकले मन पराउनेमा ढुक्क छन् ।

तस्बिरः श्रीधर पौडेल
मेकअपः अम्बु रुचाल
पहिरनः जे एस क्रियसन हाउस र फेमिनाइन एन्ड हन्क
लोकेशनः होटल अन्नपूर्ण, दरबारमार्ग
फोटो टचअपः सौगात सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment