Comments Add Comment

३ दिनमै ५० करोड कमायो अक्षयको ‘जोली एलएलबी २’ले


बलिउडका चर्चित नायक अक्षय कुमार बक्स अफिसमा चम्किरहेका छन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा लगातार चमत्कार व्यापार गरिरहेका छन् ।

उनै, अक्षय अभिनित नयाँ चलचित्र ‘जोली एलएलबी २’ले पनि बक्स अफिसमा आक्रामक व्यापारको रफ्तारलाई अगाडि बढाएको छ । चलचित्रले शुक्रबार १३.२० करोडको ओपनिङ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार बढ्यो र यसले १७.३१ करोडको कमाई गर्‍यो ।

आइतबार बिदाको दिनलाई चलचित्रले झनै गतिलो सदुपयोग गरेको छ । आइतबार चलचित्रले १९.९५ करोडको कमाई गरेको छ । बक्स अफिसमा ३ दिनमा चलचित्रले ५०.४६ करोडको कमाई गरेको छ ।

चलचित्रले सोमबारदेखि व्यापारमा होल्ड गर्न सकेको खण्डमा सय करोड कमाउने पक्का छ । अहिले, भारतीय बक्स अफिसमा अक्षयका चलचित्रले सय करोड कमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment