Comments Add Comment

एकथरि अधिकारलाई सिंहदरबार वरिपरि राख्न चाहन्छन्ः प्रधानमन्त्री

 

२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने बताए ।

निर्वाचन संविधान कार्यान्वयनसँग मात्र अन्तरसम्बन्धित नभएको भन्दै उनले भने, तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्ने, सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र स्वाधीनतालाई अझ बलियो पार्ने कुरासँग पनि सम्बन्धित छ ।’

प्रधानमन्त्री प्रचण्डले संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा निकै ठूलो वैचारिक अन्तर रहेको बताए । ‘एकथरि सोचले अधिकारलाई सिंहदरबार र यसैकै वरिपरि राख्न चाहन्छ’ उनले अघि भने, हामी जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराउने र विविधतामा एकतासहित सुदृढ राष्ट्रिय एकता कायम गर्ने संकल्पमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment