Comments Add Comment

अष्ट्रेलियाको समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुल्यो

३ फागुन, सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुद्री तटमा मृत भेटिएकी नेपाली युवतीको पहिचान खुलेको छ ।

मृतक युवती काठमाडौंकी २१ वर्षीया श्रृष्टि भण्डारी हुन् । हराइरहेका युवक भने झापा विर्तामोडका २७ वर्षीय सन्दिप उप्रेती भएको खुलेको छ ।

न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्री तटमा गएका थिए । सँगै गएका साथीहरुले बताए अनुसार अरु फर्किएपनि उनीहरु केहीबेरमा आउँछौं भन्दै तटमै बसेका थिए ।

उद्धार संस्थाका सदस्यले श्रृष्टिको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका थिए ।

प्रहरीले उनको मृत्यु पानीमा डुवेर भएको बताएको छ । पूर्वी समुद्र तटका इन्स्पेक्टर एन्थोनी एग्न्युका अनुसार उनीहरुसँग सम्बन्धित निजी सामान समुद्र तटमा भेटिएको छ ।

‘हामीले अहिलेसम्म युवकलाई फेला पार्न सकेका छैनौं, जो त्यतिबेला मृत युवतीसँगै थिए’ इन्स्पेक्टर एन्थोनीले भने, ‘हामीले प्रयास जारी राखेका छौं तर, खराव मौसम चुनौति बनिरहेको छ ।’

इन्स्पेक्टर एन्थोनीले यो जोडी एकैपटक समुद्रमा पसेको अनुमान गरेका छन् ।

हराइरहेका उप्रेतीको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ ।

समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला-ठूला सामुदि्रक छालका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको छ ।

खराव मौसमका कारण न्यु साउथ वेल्सको कूजी बीचबाहेक अन्य सबै बीच बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment