Comments Add Comment

बिहीबारदेखि राष्ट्रिय पुस्तक मेला, ६० प्रतिशतसम्म छुट


३ फागुन, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरमा फागुन ५ गतेदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला हुने भएको छ । प्रतिष्ठान र नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघको संयुक्त आयोजनामा हुने पुस्तक मेला फागुन १४ गतेसम्म चल्नेछ ।

पुस्तक बिक्रेता तथा प्रकाशक संघले नेपाली पुस्तकहरुको प्रवर्द्धन गरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ०७० सालदेखि हरेक वर्ष पुस्तक मेला आयोजना गर्दै आएको छ । प्रज्ञा-प्रतिष्ठान, साझा प्रकाशन, पैरवी प्रकाशन, फाइनप्रिन्ट, भृकुटी बुक्स लगायत प्रकाशकहरु सहभागी हुने मेलामा पुस्तकहरूमा ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको संघले विज्ञप्तिमा जनाएको छ ।

मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

गत वर्ष भूकम्पका कारण मेला रोकिएकोले यस वर्षको मेला अझ बृहत् र व्यवस्थित बनाउने तयारी गरेको संघका अध्यक्ष पदम सिवाकोटीले बताएका छन् । मेला अवधिभर पुस्तक विमोचन तथा साहित्यिक बहसका विभिन्न कार्यक्रम समेत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment