Comments Add Comment

उत्कृष्ट ११ तस्वीर, जसले तपाईलाई सोच्न बाध्य बनाउँछ

८० हजारभन्दा बढी तस्वीरहरु मध्येबाट हालै वर्ल्ड प्रेस फोटो अवार्ड २०१७ घोषणा गरिएको छ । पुरस्कार विजेता केहि तस्वीरहरु यस्ता पनि छन् जसले तपाईंलाई बिचलित बनाउन सक्छ, तर यसले सत्यताको बयान गर्छ ।

१.

टर्कीमा रुसुी राजदूतको हत्या गर्नेको तस्वीरले पहिलो पुरस्कार पाउन सफल भयो । जुन तस्वीरमा राजदूतको शव पनि देखिन्छ । यो तस्वीर १९ डिसेम्बर २०१६ को हो र एपीका फोटो पत्रकार बुरहान ओजविलिसीले आफ्नो क्यामरामा कैद गरेका हुन् ।

निर्णायक मण्डलका अध्यक्ष स्टुवार्ट फ्र्यांकलिनले भने- ‘मलाई लाग्छ यो कुनै ठूलो समाचार प्रष्ट्याउने तस्वीर हो । यसलाई क्यामरामा कैद गर्नका लागि उच्च साहसको आवश्यकता पर्छ ।’

वर्ल्ड प्रेस फोटो अवार्ड सन् १९५५ देखि प्रदान गर्न थालिएको हो । यस बर्ष आठ श्रेणीमा २५ देशका ४५ फोटो पत्रकारले यस अवार्ड पाएका छन् ।

२.

यो तस्वीर फिलिपिन्सको राजधानी मनिलाको हो । केहि कैदीहरु एक पुलिस स्टेसनमा बन्द छन् र मादक पदार्थ सेवन गरेका एक आरोपीलाई हेरिरहेका छन् । जुन फोटो ड्यानियल बेरेहुलाकले न्युयोर्क टाइम्सका लागि खिचेका हुन् ।

३. 

यो तस्वीर इराकको मोसुल शहरको हो, जहाँ स्पेसल अपरेसन फोर्स स्लामिक स्टेटका सदस्यबिरुद्ध धरपकड गरिरहेका छन् । तस्वीर गिट्टी इमेजका लागि लरेन्ट भान डर स्टोक्टले लिएका हुन् ।

४. 

यो पनि मोसुलकै तस्वीर हो, जहाँ कय्यारा तेलक्षेत्रमा आगो लागेपछि मानिसहरु पलायन हुनु पर्‍यो । यो सेर्गी पोनोमारेभले न्युयोर्क टाइम्सका लागि खिचेका हुन् ।

५. 

युक्रेनको लुहांस्कायामा जव एक घरमा हवाई हमला भयो त घरका मानिसहरु ज्यान बचाउन भागे । यो तस्वीर भलेरी मेल्निकोभले रोस्सिया सेगोड्न्याका लागि लिएका हुन् ।

६. 

यस तस्वीरले इरानको जटिल सामाजिक व्यवस्थाको एक अलग रहस्यको बयान गर्छ । यो तस्वीर हुसेन फतेमीले पानोस पिक्चर्सका लागि लिएका हुन् ।

७. 

अमेरिकाको नर्थ डकोटा प्रहरीले जव पेपर स्प्रेको प्रयोग गरे, त्यहाँ एक व्यक्ति यस्तो पनि देखिए जसले दूधले आफ्नो अनुहार धोएर कालो खुर्सानीको असर कम गर्ने प्रयास गरे । यो तस्वीर अम्बर ब्राकेनले लिएका हुन् ।

८.

स्थान रियो दि जेनेरियो, अवसर ओलम्पिक, १०० मिटर दौडमा जमैकामा कीर्तिमानी धावक उसेन बोल्ट मुस्काउँदै बाँकी प्रतियोगीलाई पछाडि छाडेर अगाडि बढे । यो तस्वीर काइ ओलिभर फाफेनबाचले रोयटर्सका लागि लिएका हुन् ।

९.

सोच्नुस् त यो कछुवाको हाल कस्तो भयो होला, जो माछाका लागि राखिएको जालमा परेको छ । यो स्पेनको फोटो हो र फ्रान्सिस पेरेजले खिचेका हुन् ।

१०.

यी दुई शिकारी हुन, गैंडाको शिकार गर्छन । तर मोजाम्बिकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । यो तस्वीर नेशनल जियोग्राफिकका लागि ब्रेन्ट स्टिर्टोनले खिचेका हुन् ।

११.

यसको नाम येये, उमेर १६ बर्ष र यो पाण्डा चीनको बोलोंग नेचर रिजर्भको हो । नेशनल जियोग्राफिकका अमी भितालेले यो फोटो खिचेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment