Comments Add Comment

अब एनसेलमा फेसबुक निःशुल्क, च्याट गर्न भने पैसा लाग्ने

३ फागुन, काठमाडौं । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ । एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्त रुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरे ।

एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।

काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा एनसेलका म्यानेजिङ डाइरेक्टर पार्किन्सले सबैलाई सहज रुपमा इन्टरनेटमा पहुँच दिने गरी सरकारले थालेको अभियानमा एनसेलले पनि सघाउने बताए ।


एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । नोटिफिकेशन लगायतका सेवा पनि निशुल्क गरिएको छ ।

आज मध्यरेातिदेखि एनसेलबाट इन्टरनेट चलाउँदा ‘फ्री’को अप्सन पनि आउनेछ । जसमार्फत एनसेल प्रयोगकर्ताले फेसबुक निःल्क चलाउन पाउनेछन् ।

तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । अप्सनअनुसार डाटा प्याक खरिद वा प्रयोग गरेर तस्वीर हेर्न सकिने छ ।

एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन ।

साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । तर, फेसबुकका धेरै सेवाहरु एनसेलबाट निःशुल्क हुने पार्किन्सले बताए ।


फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले नेपालमा एनसेलको सेवासागको सहकार्यमा फेसबुक प्रयोगकर्तालाई सुविधा दिन पाएकोमा खुसी ब्यक्त गरिन् ।

नेपालमा फेसबुकका प्रयोगकर्ताहरुलाई एनसेल र फेसबुकको सहकार्यले फाइदा पुग्ने उनको विश्वास छ ।

एनसेलले हाल निःशुल्क टि्वटर अफर पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment