Comments Add Comment

साझाले थाल्यो काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा (रुटसहित)

अस्पतालहरुलाई केन्द्रित गरी छुट्टै बस


४ फागुन, काठमाडौं । साझा यातायातले रात्रिकालीन बस सेवा थालेको छ । मंगलबार रातिदेखि साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा दिन सुरु गरेको हो ।

रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले अनलाइननखबरलाई जानकारी दिए । अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर ५ वटा रुटमा सेवा थालिएको छ ।

साझाले ५ वटामध्ये एउटा रुट अस्पतालका बिरामी र तिनका कुरुवालाई लक्षित गरेको छ । पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ ।

यसैगरी साझाले न्युरोडगेटबाट नयाँ बनेश्वर-कोटेश्वर रुटमा पनि अर्को बस चलाउनेछ । साढे ११ बजेसम्म यो रुटमा साझा बस आउ-जाउ गर्नेछ ।

यसैगरी न्युरोडगेटबाटै सिंहदरबार-बानेशर, तीनकुने हुँदै एयरपोर्ट, गौशाला, चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किनेछ ।

यसैगरी न्यरोडगेटबाटै त्रिपुरेश्वर-कालीमाटी-कलंकी रुटमा पनि राति ११ बसेजम्म सझाले सेवा दिनेछ । बायुसेवा निगम अगाडिबाटै ठमेल, सोह्रखुटे हुँदै नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ । यही सबै रुटबाट गएका बस सोही बाटो भएर फर्किने पाण्डेयले बताए ।

साझाको रात्रीकालीन बसको भाडाछर २५ रुपैयाँ तय गरिएको छ । जहाँबाट चढेर जहाँ झर्दा पनि २५ रुपैयाँ भाडा कायम गरिएको हो ।

सुरक्षाका लागि बसमा सिसी क्यामेराको निगरानी रहने पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment