Comments Add Comment

साहरुखमाथि सरकारी सम्पत्ती नोक्सान गरेको आरोप


बलिउडका चर्चित नायक साहरुख खान र स्क्यान्डल कहिले पनि छुट्दैन । साहरुख जता जता, स्क्यान्डल पछि पछि लागिरहेकै हुन्छ । चलचित्र ‘रइस’ रिलिजको समयमा विभिन्न खालका झन्झट झेलेका साहरुखलाई फेरि अर्को एक झन्झट बेहर्नुपर्ने भएको छ ।

अदालतको आदेश अनुसार राजस्थानको एक प्रहरी चौकीमा उनीविरुद्ध उजुरी दर्ता भएको छ । चलचित्र ‘रइस’को प्रमोशनको समयमा साहरुख रेल यात्रा गर्दै मुम्बइबाट दिल्ली पुगेका थिए । सोहि, समयमा उनलाई हेर्न विभिन्न रेल स्टेशनमा हजारौ फ्यानको भीड लागेको थियो ।

उनीमाथि सरकारी सम्पत्ती नोक्सान गरेको र राजकार्यमा अवरोध गरेको आरोप लगाइएको छ । राजस्थानको कोटा रेलवे स्टेशनमा रेल रोकेको समयमा साहरुखले उपस्थित हजारौ फ्यानको भीडमा चलचित्रको सीडी, टिसर्ट फ्याकेका थिए । जसले, गर्दा रेल वेमा पसल गरेर बस्ने केहि व्यापारिको पसलमा नोक्सान पुगेको थियो ।

उनीहरुले कोटा रेल वे स्टेशन प्रशासनसँग क्षतीपूर्तीको माग गर्दै उजुरी दिएका थिए । सोहि, उजुरीको आधारमा साहरुखमाथि सरकारी सम्पत्ती नोक्सान गरेको र राजकार्यमा वाधा पु¥याएको आरोप लागेको हो ।

अब, यो मुद्दालाई प्रहरीले कसरि अगाडि बढाउने हो, समयले नै बताउनेछ । तर, यतिबेला साहरुख फेरि अर्को स्क्यान्डलमा फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment