Comments Add Comment

भ्यालेन्टाइन्स डेमा सलमानलाई लुलियाको यस्तो उपहार

बलिउड सुपरस्टार सलमान खानको रोमानियाकी सुन्दरी यूलिया वन्तुरसँग प्रेमसम्वन्ध कसैबाट छिपेको छैन । तर पनि आफूहरु राम्रो साथीमात्रै भएको दावी गर्नछाडेका छैनन् उनीहरुले ।

यूलियाले भ्यालेन्टाइन्स डेको अवसरमा आफ्नो प्रेमीलाई एउटा सुन्दर उपहार दिएकी छिन् । उनले मंगलबार इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरिन्, जसमा उनी ‘तु है हिरो मेरा…’ गीत गाइरहेकी देखिन्छिन् । यो सलमान खानको फिल्म हिरोको गीत हो, जुन अघिल्लो वर्ष रेकर्ड गरिएको थियो र लोकपि्रय पनि भएको थियो । यूलियाले गीतको शब्दमा अलिकति फेरबदल गरेकी थिइन् ।

भिडियो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे । मेरो उपहार तपाईंको लाागि । आफ्नो भ्यालेन्टाइनसमक्ष यो गीत गाउनुस, र थाहा पाउन योग्य व्यक्तिलाई सेयर गर्नुस ।’

हालै एक म्याग्जिनलाई दिएको अन्तरवार्तामा यूलियाले सलमान आफ्नो मिल्ने साथी मात्र भएको जिकिर गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म र सलमान केवल मिल्ने साथी हौं । साथीको मतलब साथी मात्र । प्रेम होइन । सबै चीज आफ्नो समयमा हुन्छ । न अघि न पछि । बाँकी सबै अनुमान हुन् ।’

त्यसो त लूलिया सलमानको परिवारसँग पनि निकै निकट छिन् । उनलाई धेरैपटक सलमान र उनको परिवारसँग पार्टी तथा फिल्मको स्त्रिmनिङमा देखिने गरेको छ । अघिल्लो वर्ष एक रोमानियाली अखबारले दावी गरेको थियो कि सलमान र यूलियाले रोमानियामा विवाह गरिसकेका छन् । यूलियालाई त्यहाँको एउटा चर्चित टेब्लोइडले ‘डोयम्मा खान’ लेखेको थियो, जसको अर्थ हुन्छ, ‘रोयल मिसेज खान ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment