Comments Add Comment

बजारमा फेरि आउँदैछ नोकिया ३३१०

मोबाइल फोनको दुनियामा नयाँ युगको सुरुवात गरेको र कुनै समय नोकियाको निकै लोकप्रिय मोबाइल फोनको रुपमा रहेको नोकिया ३३१० पुनः बजारमा आउने भएको छ ।
टिकाउ, मजबुती र लामो ब्याट्री लाइफका लागि प्रसिद्धि कमाएको नोकिया ३३१० लाई नोकियाले रिलञ्च गर्ने भएको हो ।

त्यसअघिका मोबाइल फोन आकारमा निकै ठूला हुने गरेकोमा नोकियाले चिटिक्कको नोकिया ३३१० मोडेल बजारमा ल्याएपछि मोबाइल प्रयोगकर्ताले मोबाइलको बजारमा क्रान्ति नै भएको ठानेका थिए । नोकिया ३३१० लाई मोबाइल फोनका पुराना प्रयोगकर्ताले अहिलेसम्मकै भरोसायोग्य मोबाइल फोन मान्ने गर्छन् ।

आजभन्दा १७ वर्ष पहिले सन् २००० मा नोकियाले नोकिया ३३१० मोडेलको मोबाइल सार्वजनिक गरेको थियो ।

त्यस समयमा निकै ठूलो धमाका पिटेको ३३१० लाई मानिसहरुले आफ्नो सेकेन्डरी फोनको रुपमा अहिले पनि फोन प्रयोग गर्नेछन् भन्ने आशामा नोकियाले उक्त मोडेललाई पुन ल्याउन लागेको हो ।

समाचार अनुसार यो नयाँ संस्करणको ३३१० को मूल्य ५९ युरो अर्थात् झण्डै साढे ६ हजार पर्ने बताइएको छ । यहीँ महिना स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा नोकियाले ऐतिहासिक ३३१० मोडेल रिलञ्च गर्ने बताइएको छ ।

यद्यपि सेकेण्ड ह्याण्ड नोकिया ३३१० अहिले पनि विश्वका विभिन्न देशमा अनलाइन बजारमा खरीद गर्न पाइन्छ तथापि नोकियाले भने आफै बेच्ने गरेको छैन । लामो समयसम्म मोबाइलको दुनियामा राज गरेको नोकियाले स्मार्टफोनको युग सुरु भएसँगै आफ्नो प्रभुत्व गुमायो र नोकियालाई माइक्रोसफ्टले खरीद गर्यो । अहिले फिनिस कम्पनी एचएमडी ग्लोबलसँग नोकिया ब्राण्डको लाइसेन्स रहेको छ र सोही कम्पनीले नै नोकियाका मोबाइल फोन लञ्च गरिरहेको छ ।

कम्पनीले केही दिनअघि नोकिया सिक्स नामको एन्ड्रोइड स्मार्टफोन चीनमा लञ्च गरेको थियो जुन निकै नै लोकपि्रय भएको थियो । यो मोबाइल वल्र्ड कंग्रेसमा पनि उसले नोकियाका केही मोबाइल फोन लञ्च गर्नेछ जहाँ नोकिया ३३१० सँगै नोकिया ३, नोकिया ५ र नोकिया ६ पनि लञ्च हुने अपेक्षा गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment