Comments Add Comment

‘थुक्क’ के गरेछु यस्ताे’ भन्ने काम गर्दिनँः निश्चल बस्नेत (भिडियो)

'छक्का पन्जा'को रेकर्ड २१ दिनमा 'लुट २'ले तोड्छः निर्माता


निर्देशक निश्चल बस्नेत र निर्माता माधव वाग्ले अहिले चलचित्र ‘लुट २’को प्रचारको दौडमा छन् । निश्चल चलचित्र तयार गर्नमै व्यस्त छन् भने माधवलाई प्रचारको चपेटो छ ।

वुधबार संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै निर्देशक निश्चल बस्नेतले चलचित्रको बिषयमा जानकारी दिए । उनले, ‘लुट र लुट २’ बनाउँदै उस्तै दबाब भएको बताए । निश्चलले यो समय आफू बेसी नै उत्साहित भएको बताए । मिडियासँग कुराकानी गर्ने क्रममा उनले सोच्ने समय धेरै पाएको समेत बताए ।

पछिल्लो समय चलचित्रमा आइटम डान्स र केमियो धेरै गरेको महशुश निश्चललाई पनि भएको छ । तर, आफूले गरेको काम राम्रो नभएको भए यो काम छाडिसक्ने निश्चलले बताए । निश्चलले अब भने ‘थुक्क यो के गरेछु’ भन्ने काम नगर्ने सुनाए ।

निश्चलले मिडियासँग गरेको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः

यस्तै, निर्माता माधव वाग्लेले चलचित्र ‘लुट २’ यसपटक झनै धेरै चल्ने बताएका छन् । उनले चलचित्र ‘छक्का पन्जा’को रेकर्ड ‘लुट २’ले २१ दिनमै तोड्ने समेत दाबी गरे । उनले ‘लुट’ आउँदा निकै डर लागेको बताउँदै ‘लुट २’ एउटा ब्रान्ड भैसकेकाले यसमा कुनै डर त्रास नभएको समेत सुनाए ।

दर्शकले लिएको अपेक्षालाई मिट गर्ने काम गरेको निर्माताको भनाई छ । उनले, अहिले कुनै पनि प्रेसर नभएकाले आफूलाई सामान्य लागेको सुनाए । नेपाली चलचित्रमा यस्तो शैलीको चलचित्र दर्शकले पहिलो पटक हेर्न पाउने बताए ।

माधवले मिडियासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


निर्देशक, निश्चल बस्नेतको दिमागमा नाच्ने, गाउने र केमियो गर्ने किरा पसेकाले अरु चलचित्रमा काम गरिरहेको बताउँदै माधवले यसलाई ‘लुट २’को प्रमोशन नभएको सुनाए ।

दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र फागुण १३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment