Comments Add Comment

लगानीकर्ताले बैंक व्यवस्थापकलाई अनावश्यक दिएः गभर्नर नेपाल


४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका व्यवस्थापकलाई अनावश्यक दवाव नदिन लगानीकर्तालाई चेतावनी दिएका छन् ।

गभर्नर नेपालले सबै बैंकको अनुगमनको कामलाई राष्ट्र बैंकले कडाई गरेको उल्लेख गर्दै अब कर्जा प्रवाहमा हुने ब्याजदर पनि कम हुँदै जाने स्पष्ट पारे । उनले आयोजन हेरेर मात्रै लगानी गर्न बैंकहरुलाई सचेत पनि गराए ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको १० औं वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै गभर्नर नेपालले मुलुकको आर्थिक वृद्धिदर सन्तोषजनक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले सरकारले पूँजीगत खर्च गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले जनताको करबाट उठेको रकम खर्च गर्न नसक्दा मुलुकको आर्थिक विकास हुन नसकेको पनि स्पष्ट पारे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment