Comments Add Comment

मायामा दुई भक्काना

१. एक आशले

ऋतुहरु आउलान्, जालान्
चराचुरुङ्गीहरु डेरा सर्लान्
रुखमा पालुवाहरु पलाउलान्, झर्लान्
संसार घुम्दै-रोकिँदै चलिरहला ।

परको त्यो दोबाटोमा,
एक्लै उभिएको चिसो पत्थरले
हरेक दिनको सूर्योदयसँगै
कतै आउँछ्यौ कि तिमी भनेर
हेरिरहनेछ, पर्खिरहनेछ
एक तमासले, एक आशले ।

। मायामा ।

२. आखिर

जीवन भन्‍नु के हो र !
मन नै त हो आखिर
मनमा तिमी हुनु नै
जीवनमै त हो आखिर,
मन र जीवन अलग
कहाँ गर्न सकूँला र आखिर !

। मायामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment