Comments Add Comment

सुर्खेतमा २७ करोड लगानीको होटल सञ्चालन हुँदै


५ फागुन, काठमाडौं । मध्यपश्चिमको राजधानी सुर्खेतमा तयार भएको शुभ होटल फागुनको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ । २७ करोड लगानी गरेर संचालनमा ल्याउन लागेको शुभ होटल औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो ।

अहिले होटलको रेष्टुरेण्टमात्र सञ्चालनमा आएको र फागुनको अन्तिम सातादेखि होटल नै पूर्ण रुपमा सञ्चालमा आउने होटल सञ्चालक पदम शाहीले बताए । यो होटल सुर्खेतको सुविधा सम्मपन्न होटल भएको उनले दावी गरे ।

पर्यटकीय सम्भावाना भएर पनी लगानीको सुरक्षीत अनुभुति नगरेका सुर्खेतका ब्यबसायीहरु विस्तारै होटलको लगानीतर्फ आकषिर्त भएका छन् । सुर्खेत भएर भेरी तथा कर्णालीका पर्यटकीय क्षेत्रतर्फ पर्यटकको आगमन बढ्नुका साथै सुर्खेतमै ठूला-ठूला कार्यक्रमहरु संचालन हुन थालेपछि होटल लगानीतर्फ आकषिर्त भएको होटलका संचालक एवम् उद्योग बाणिज्य संघका क्षेत्रीय अध्यक्ष पदम शाही बताउँछन् ।

स्थलमार्ग हुँदै कर्णाली जाने यात्रुहरु संख्या दिनदिन बढ्नु र सुर्खेत-काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले होटल सञ्चालन गर्न उत्साहित भएको सञ्चालक शाहीले बताए ।

६ नम्बर प्रदेशको सम्भावित राजधानी, कर्णाली अञ्चलको प्रवेशमार्ग तथा मध्यपश्चिमका अधिकांश क्षेत्रीय कार्यालयहरु सुर्खेतमा भएका कारण पनी होटल ब्यबसायतर्फ आकषिर्त भएको उनको भनाइ छ ।


क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीसहित सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेति र उद्योग बाणिज्य महासंघका केन्दि्रय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

करिब २७ करोड खर्च हुने शुभम होटलमा ६० डिलक्स रुम, स्वीट रुम १३, रेष्टुरेन्ट, बार, सेमिनार हल र बैठक हल गरी ५ वटा, १०० वटासम्म क्षमताको गाडी पार्किङ, विवाह मण्डप, पार्लर, लिफ्ट तथा स्विमिङ्ग पुल लगायतका सुविधा छन् ।

होटलमा आउने पाहुनाको आग्रहमा मध्यपश्चिमका पर्यटकीय स्थल रारा ताल, फोकसुण्डोताल, हुम्ला हुँदै मानसरोबर लगायतका पर्यटकीय स्थलमा आवत जावतको समेत ब्यबस्थापन गर्ने योजना रहेको सञ्चलाक शाहीले बताए । उनले भने होटल निर्माणको लगभग सबै काम सकिसकेको  बताए ।

होटल सञ्चालनमा करीब ६० जना कर्मचारी आवश्यक पर्ने र त्यसका लागि राजधानीबाट म्यानेजर बोलाइएको सञ्चालक शाहीले जनाए ।


होटल पूर्णरुमा भूकम्प प्रतिरोधी र अपांगमैत्री छ। विशेष गरी आन्तिरक तथा बाह्य दुवै खालका पर्यटकहरुलाई लक्षित गरेर होटलका रुपमा मूल्य तय गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment