Comments Add Comment

साहरुख र दीपिका फेरि एकसाथ देखिने


बलिउडमा नायक साहरुख खान र नायिका काजोलको जोडी सबैभन्दा सफल मानिन्छ । तर, साहरुखको जोडी पछिल्ला केहि बर्षयता नायिका दीपिका पादुकोणसँग पनि सफल मानिएको छ । ‘ओम शान्ती ओम, चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ जस्ता चलचित्रमा साहरुख र दीपिका एकसाथ देखिए । यी तिनै चलचित्रले बक्स अफिसमा धमाल मच्चाए ।

त्यसपछि, साहरुख र दीपिकाका केहि चलचित्र रिलिज भए र सफल भए । तर, यो जोडी एकसाथ देखिएन । तर, अब निर्देशक आनन्द एल राइले साहरुख र दीपिकाको सफल जोडीलाई पर्दामा एकसाथ ल्याउने तयारी थालेका छन् ।

आनन्द साहरुखलाई लिएर एक चलचित्र बनाउँदैछन् । जुन, चलचित्रमा साहरुख होचो मानिसको भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि नायिका को हुने भन्ने बिषयमा लामो समयदेखि मिडियाका खबर बाझिएका थिए । अब, भने नायिका दीपिका पादुकोणलाई फाइनल गरिएको चर्चा सुरु भएको छ ।

दीपिकाले चलचित्रका लागि स्त्रिmन टेष्ट समेत गरेकी छिन् । हलिउड यात्रामा लागेकी दीपिका अब फेरि बलिउडमै धमाल मच्चाउने सोचमा छिन् । यो चलचित्र सन् २०१८ को क्रिसमसमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment