Comments Add Comment

पाथिभरा भलिबलमा आर्मी र एपिएफ बिजयी

५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लवले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा आज भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५-१५, २५-२३ र २५-१८ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै आजैको दोस्रो खेलमा एपिएफले पनि मध्यमाञ्चललाई २५-१७, २५-१६, र २५-१५, को सोझो सेटमा पराजित गर्‍यो ।

विहीबारको खेल समाप्तिसँगै नेपाल पुलिस र आर्मी समान ६/६ अंक सहित अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंकसहित एपिएफ तेस्रो तथा क्रमसः २ र १ अंक जोडेको पूर्वाञ्चल र मध्यामाञ्चल चौथो र पाँचौं स्थानमा छन् ।

प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेलमा मध्यामाञ्चल र नेपाल पुलिस आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment