Comments Add Comment

आफ्नो भाउ ३५ करोड घटाउन याहु सहमत, भर्जनले किन्ने अन्तिम तयारी

साइबर हमलाका तथ्यहरु बाहिर आएसँगै इन्टरनेट कम्पनी याहुले आफ्नो भाउ ३५ करोड डलरले कटौती गर्न बाध्य भएको छ ।

भर्जन कम्पनीलाई ४ अर्ब ८० करोड डलरमा आफ्नो इन्टरनेट व्यवसाय बेच्ने गरी गतवर्ष प्रारम्भिक सहमति गरेको याहुले उक्त मूल्यमा ३५ करोड डलर घटाउन सहमति जनाएको हो ।

याहुमा साइबर हमलासँगै लाखौँ प्रयोगकर्ताका डाटा चोरी भएको घटना सार्वजनिक भएसँगै भर्जन कम्पनीले याहु खरी गर्ने सम्झौता संकटमा परेको थियो ।

तर भाउ घटाएर भएपनि कम्पनी बेच्न याहु तयार भएको छ । यसका साथै उसले भविष्यमा याहुका प्रयोगकर्ताले साइबर हमलाका विषयमा हाल्ने मुद्धाका कारण पर्ने आर्थिक दायित्वकेा साझेदारी गर्न पनि याहु तयार भएको छ ।

ब्लुम्बर्गका अनुसार याहु र भर्जनबीचको नयाँ खरीब बिक्रि सम्झौता यहीँ हप्ता सार्वजनिक हुनेछ ।

भर्जन कम्पनीले आफ्नो एओएल युनिटमा याहुको याहु सर्च, इमेल र मेसेन्जरका साथै विज्ञापन टेक्नोलोजी टूल्स पनि समायोजन गर्ने उद्धेश्य राखेको छ ।

अमेरिकी टेलिकम बजार बाहिर मोबाइल भिडियो र विज्ञापन आम्दानीको नयाँ श्रोत हुने ठम्याई भर्जनको रहेको छ ।

याहुले सन् २०१६ को डिसेम्बरमा एउटा खुलासा गर्दै सन् २०१३ मा याहुमाथि वृहत साइबर हमला भएको र आधा अर्बभन बढि याहु प्रयोगकर्ताका इमेल अकाउन्ट प्रभावित भएको जनाएको थियो । त्यस्तै सन् २०१४ मा समेत यस्तै साइबर हमला भएको र अरु पचास लाख प्रयोगकर्ता प्रभावित भएको याहुले ढिलो गरी खुलासा गरेको थियो ।

याहुले साइबर हमलाको बारेमा प्रयोगकर्तालाई निकै ढिलो जानकारी गरेर बदनियत राखेको विषयमा अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले छानविन अघि बढाएको खबर वालस्टि्रट जर्नमा छापिएको थियो । यदि याहुमाथिको अभियोग पुष्टि भएमा उसले क्षतिपूर्ति बापत ठूलो रकम जरिवाना तिर्नुपर्ने हुन्छ । याहुले सन् २०१५ र २०१६ को बीचमा ह्याकिंगमा परेका याहु प्रयोगकर्तालाई चेतावनीमूलक इमेल पठाएको थियो ।

गतवर्षको ह्याकिंग काण्डपछि याहुप्रति लगानीकर्ता तथा प्रयोगकर्ताको विश्वास धरमराउन थालेको थियो र सन् २०१६ को अन्तिम त्रैमासिकमा कम्पनीको सर्च इन्जिन विभागको राजश्वमा ६ प्रतिशतले गिरावट आएको थियो । तर मोबाइल, भिडियो तथा सोसल एडभर्टाइजिंग युनिटहरुको राजश्वमा भने वृद्धि भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment