Comments Add Comment

मिरा राईलाई नगद ३० लाखसहित सम्मान गर्ने सरकारी तयारी

५ फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विश्व अल्ट्रा धाविका मिरा राईलाई नगद तीस लाख नगदसहित सम्मान गर्ने प्रस्ताव अघि सारेको छ ।

साथै राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुर्व विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ । खेलकुद मन्त्रालय स्रोतले भन्यो, हामीले सम्मान गर्ने सोच बनाएका छौं । तर, मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी नै छ ।’

विश्व अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्षको विश्वको चर्चित टेलिभिजन नेश्नल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला पुरस्कार वितरणको तयारीको क्रममा तस्बिर खिचाउनको लागि अमेरिका पुगेकी छिन् ।

भोजपुरकी मिरा राई किशोर उमेरमा माओवादी लडाकू समेत भएकी थिइन् । तर, अन्मिनको प्रमाणिकरणमा अयोग्य लडाकू भन्दै शिबिरबाट बाहिर निकालिइनु ।

आर्थिक अभावका कारण मलेशिया जान पासपोर्ट समेत तयार पारेकी उनलाई बालाजु कराते डो-प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धुर्व विक्रम मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए ।

मीरा गत वर्ष प|mान्समा सम्पन्न ८० किलोमिटर विश्व म्यारथनमा १७ वर्ष अघि देखिको विश्व विजेतलाई पछि पार्दै च्याम्पीयन बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment