Comments Add Comment

युरोपा लिगमा टोटनहृयामको अप्रत्यासित हार

६ फागुन, काठमाडौं । युरोपा लिग फुटबलमा टोटनहृयामले अप्रत्यासित हार व्यहोरेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा केएए जेन्टले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा जेन्टका लागि पेर्बेटले निर्णायक गोल गरे । उनले ५९ औं मिनेटमा गोल गरेका हुन् ।

बेल्जियमको लिगमा आठौं स्थानमा रहेको जेन्टले झण्डै दोस्रो गोल गरेको थियो । तर, पोष्टमा लागेर टोटनहृयाम बच्यो ।

दोस्रो लेग फुब्रुअरी २३ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment