Comments Add Comment

जोकोको हृयाट्रिकमा रोमाको जित

६ फागुन, काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ ।

बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो ।

म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन आफ्नो गोलसंख्या ८ पुर्‍याएका छन् ।

यसले उनलाई एथ्लेटिको बिल्बाओका अयुरिचभन्दा एक गोल अगाडि पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment