शनिबार, १४ साउन, २०७४
OnlineKhabar.com

सलाम खान पाउँदा खुशी लाग्यो !

'अहिले मलाई सलाम गर्नुहुन्छ, पछि मैले झ्याप्प सलाम गर्छु'

रमेश धमला

६ फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालयस्थित आइजीपीको कार्यकक्षमा एक चिकित्सक करिब ७२ हजार फौजको कमाण्ड सम्हालेर बसेका छन् । उनी हुन्- निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल ।

प्राविधिकतर्फबाट ०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका पोखरेल नेपाल प्रहरीकै एक सदस्य हुन् । प्रहरी अस्पतालको सर्वोच्च पद एआइजीसम्म पुगेका उनै पोखरेललाई अहिले परिस्थितिले प्रहरी संगठनकै कमाण्ड सम्हाल्नुपर्ने जिम्मेवारी थोपरेको छ ।

विहीबार दिउँसो अनलाइनखबरसँग अन्तरवार्ता दिनै लाग्दा महानिरीक्षक पोखरेललाई कैलालीबाट फोन आयो । लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित अपहरणहरुमा परेकाहरु मुक्त भएको रिपोर्ट आएपछि डाक्टर साहेबले अपराधीहरुका बारेमा सोधखोज गर्नुभन्दा पहिले यस्तो आदेश दिए- सबैभन्दा पहिला स्वास्थ्य जाँच गराउनू, केही खाएको वा खुवाएको हुन सक्छ । अपस्तालको जाँचपछि के आउँछ, मलाई रिपोर्ट गर्नू ।’

विरामीको रिपोर्ट लिनुपर्ने मान्छे, अपराध र अपराधीको रिपोर्ट लिँदै हुनुहुन्छ, अप्ठेरो लागेको छैन ?

अब यो मैले चाहेर आएको जिम्मेवारी होइन, परिस्थितिले ल्याएको हो । त्यही भएर त सुन्नुभएन ? सुरुमै स्वास्थ्य जाँच गर्ने आदेश दिएँ । विस्तारै बानी पर्दै जाला नि ।

तपाईलाई आइजीपी बनाइँदैछ भन्ने पहिलै थाहा थियो कि अकस्मात यस्तो जिम्मेवारी आइलाग्यो ?

फागुन एक गते पत्रत्रिकामा एआइजीको हिसाबले मलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिने कुरा आएको रहेछ । मलाई घरमा श्रीमतीले पनि देखाउँदै थिइन् । मैले भनेँ ‘यस्तो वाइयात कुरा नगर । यो मलाई बदनाम गराउन खोज्नेहरुको काम हो । कहाँ मलाई यस्तो जिम्मेवारी दिन्छ ?’

त्यसपछि म मेरै काममा लागेँ । २ गते पनि यस्तै चर्चा सुनेपछि मलाई केही हो कि जस्तो लाग्यो । निवर्तमान आइजीपी र एआइजी सा’बहरुको विदाइ एआइजीको हिसाबले मैले नै गर्नुपर्ने भयो । दिनभरि पनि मलाई निमित्त प्रमुखको जिम्मेवारी नवराज सिलवाल सा’बले पाउनुहुन्छ जस्तो लागेको थियो । आइजीपी सा’बले पनि सरकारले कुनै निर्णय नगरे सिलवाल सा’बलाई दिन्छु भन्दै हुनुहुन्थ्यो ।

अन्य एआइजी सा’बहरुले पनि कुनै पनि नियमले प्राविधिकले निमित्त आइजीपी पाउँदैन भन्दै हुनुहुन्थ्यो । त्यो हिसाबले पनि मैले निमित्त आइजीपी पाउँछु जस्तो लाग्ने कुरै भएन । मसँग न सरकारले प्रस्ताव ल्याएको थियो, न अरुले भनेका थिए ।

सोही साँझ तोकिएको समयभन्दा ढीलो आइजीपी सा’बसहित एआइजीसाबहरुको विदाइ कार्यक्रम भयो । कार्यक्रम सकिएपछि मलाई केही प्रहरीले घेरा हाले । उनीहरुले भने- बधाइ छ सर । अचम्म लाग्यो, मैले सोधें- केको बधाइ ? उनीहरुले सरलाई निमित्त महानिरीक्षकको जिम्मेवारी आएको छ भन्दा पत्याउनै सकेको थिइनँ । राति १० बजे गृह मन्त्रालयमा गएर पत्र बुझेपछि सरकारले मलाई यस्तो जिम्मेवारी दिएछ भन्ने पुष्टि भयो ।

तपाई सिरिञ्ज र औषधीका गोलीसँग सम्पर्कमा रहने मान्छे, बन्दूक र गोली बोक्नेहरुको नेतृत्व गर्नुपर्ने भयो । यसबाट मनमा कस्तो तरंग आयो ?

मेरो मनमा दुई तीनवटा कुरा आएः डाक्टरहरुको पनि भित्री मनमा भए पनि अलिकति इगो हुन्छ । म डाक्टर हुँ, तर म पनि त्यसै डाक्टर भएको होइन भन्नेखालको इगो हुन्छ । तर, फोर्समा हाम्रो त्यो क्वालिटीलाई सम्मान नगर्दिएको जस्तो हुन्छ । २६ वर्षसम्म सबैलाई जय नेपाल, जय नेपाल भन्दै सलाम ठोकेको मान्छेलाई कहिलेकाँही आफूलाई पनि सलाम ठोकोस् है भन्ने लाग्नु अस्वाभाविक होइन । त्यसैले के लाग्यो भने म चिफ हुने भएँछु, सबै भन्दा ठूलो पदमा पुग्ने भएँछु भन्ने खुशी लाग्यो ।

दोस्रो कुरा, सरकारले मेरा लागि मन्त्रिपरिषदबाट यो सब गरेर निर्णय गर्नुको पछाडि मेरो इमान्दारीता र कर्तव्यनिष्ठतालाई प्रोत्साहन गरेको हो भन्ने मलाई लाग्यो ।

आइजीपीका लागि यत्रो रस्साकस्सी चलिरहेको छ, यस्तो अवस्थामा निमित्त प्रमुख हुँदा विवादमा परिएला जस्तो लागेन ?

एक त यो सरकारको निर्णय हो । तैंले गर् भनेपछि गरिहाल्ने अनुशासनमा बसिरहेको मान्छे हुँ म । पहिले घरमा डर लाग्थ्यो । पछि डाक्टर पढ्दा पनि त्यस्तै अनुशासनमा बसियो । प्रहरीमा आएपछि त झन् कुरै भएन । त्यसैले यस्तोचाँहि लाग्दै लागेन ।

तपाई अहिले प्रहरीको आइजीपी बस्ने ठाउँमा हुनुहुन्छ । देशैभरको शान्ति सुरक्षाको अवस्था हेर्नुपर्ने हुन्छ । कतिको मुस्किल रहेछ ? अथवा अब सक्छुजस्तो लाग्छ ?

सुरुको दिन त मलाई निस्सासिने गरी नै अप्ठेरो भयो । कहाँ-कहाँ जानुपर्ने, औपचारिक बैठकहरु गर्नुपर्ने । तर, दोस्रो त दिनदेखि के लाग्यो भने १६ घण्टा यसैमा लगाएँ भने धेरै चिज गर्न सक्छु । बिहानै आयो, सबै क्षेत्रतिर फोन लगायो । विषेश जाहेरीहरुको जानकारी लिइरहेको छु ।

जसरी मेडिकल क्षेत्रमा खटिएको छु, त्यसरी नै यसमा खटिएँ । सायद समस्या हुँदैन । तर, मलाई के चाहिँ खुशी छ भने यो अस्थायी हो, लामो समय जाँदैन ।

लामो जाँदैन त भन्नुभयो । भोलिका दिनमा अनुभव हुँदै जान्छ । एआइजी पनि हुनुहुन्छ । नियमले पनि खुल्ला गरेको छ । बाहिर हल्ला पनि चलेको छ कि डाक्टर साबले त्यसैले छाडनुहोला र ?

हेर्नुहोस् त्यो त काल्पनिक कुरा भयो । म मेरै क्षेत्रमा रमाइरहेको छु । यो सबैको पछाडि म लाग्ने छैन । म भगवानसँग यही प्राथना गर्छु कि यो समस्या चाँडै सकियोस् र नेपाल प्रहरी थप बलियो होस् ।

तपाई छोटै समयका लागि भए पनि संगठन प्रमुख हुनुभएको छ । यो छोटो समयका लागि पनि कुनै योजना छ कि ? कतिपय प्रहरीहरुले डाक्टर आयो, संगठन अब के हुन्छ भन्ने चिन्ता पनि गरेका छन्…

मैले के भनेको छु भने यो एक हप्ताको व्यवस्थापन हो । सरकारले दिएको जिम्मेवारी र कानुनले दिएको अधिकार प्रयोग गरेर प्रहरीको इज्जत जाने काम नगर्नुस् भनेको छु । मलाई लाग्दैन कि प्रहरीको मनोबल गिरेको छ ।

धेरैलाई लागेको पनि छ डाक्टर हो, राम्रै हुन्छ । कतिपयलाई प्रविधिकको मातहतमा पनि बस्ने हो र ? त्यसलाई के थाहा छ भन्ने पनि लागेको होला । तर, उसले चाहेर आएको होइन, आइलागेको हो भन्ने धेरैले बुझेका छन् भन्ने मेरो बुझाइ हो ।

अहिले आइजीपीको प्रतिस्पर्धामा रहेका डीआइजीहरुदेखि अन्य डीआइजीहरु समेत सेवा प्रवेशको हिसाबले तपाई भन्दा सिनियर छन् । उनीहरुलाई आदेश दिएर काम गर्न अप्ठेरो महशुस भैरहेको छैन ?

मलाई केही अप्ठेरो हुन सक्छ । तर, यो के छ भने कहिले को सिनियर हुन्छ, कहिले अर्को सिनियर हुन्छ । इन्स्पेक्टर हुँदा उ सिनियर थियो, डीएसपी हुँदा अर्काे हुन्छ । एसपी हुँदा कहाँ जान्छ, भर हुँदैन । यति हो कि आफू सिनियर हुँदा सलाम खाने, अरु हुँदा सलाम हान्ने यो चलिरहन्छ ।

तर, अलि असहज त पक्कै होला नि ?

होइन । उहाँहरु सबैसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । किनभने डाक्टर हुँदा सबै मकहाँ आइरहनु भैहाल्थ्यो । अवस्थाले अहिले मलाई छोटो समयका लागि यो स्थानमा ल्याएको हो । अहिले पनि थुप्रै डीआइजी साबहरु मकहाँ आइरहनुभएको छ । त्यसैले उहाँहरुलाई पनि कुनै अप्ठेरो छैनजस्तो लाग्छ ।

भोलि अहिलेका डीआइजीहरुबाटै आइजीपी हुने हो । अहिले मलाई सलाम गर्नुहुन्छ, उहाँहरु मध्ये आइजीपी भएर आउनेलाई मैले झ्याप्प सलाम गर्छु ।

तपाईलाई संगठनको धेरै कुरा जानकारी छैन, यस्तो अवस्थामा सबै राम्रा प्रहरी पनि छैनन्, अपराधीले पनि यस्तै मौका खोजिरहन सक्छन् । यसमा तपाई सजक हुनुहुन्छ ?

त्यो विषयमा मैले सबैलाई भनिसकेको छु कि प्रहरीको इज्जतमा आँच आउने काम नगर्नुस् भनेर । सरकारले दिएको म्याण्डेट र कानुनले दिएको अधिकार प्रयोग गरेर तपाईहरु मानव अधिकारको रक्षा गर्दै जुनसुकै हदसम्म पनि जान सक्नु हुन्छ ।

कुनै समस्या आए म समन्वय गर्छु । तर, गल्ती गरे कार्वाही गर्छु भनेर सबैलाई भनेको छु । न्यायका लागि टोपी फल्न पनि तयारी छु भनिसकेको छु ।

अन्तिममा, देशका कुना काप्चासम्म शान्ति सुरक्षाका लागि खटिएका जवानदेखि अधिकृतसम्मलाई के सन्देश दिन चाहानुहुन्छ ?

यसमा के भन्न चाहान्छु भने आइजीपी प्रकरणलाई लिएर मनोवल गिराउनुपर्ने कारण नै छैन । नेतृत्व परिवर्तन भई नै रहन्छ । अहिले एउटा आउँछ, १३ महिना पछि अर्को आउनुहुन्छ । यो चलि नै रहन्छ । फरक-फरक भिजन मात्रै हुन सक्छ ।

तर, अहिले हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । पछाडि हटने नै होइन । म भएको कारण कसैले चित्त दुखाउनुपर्ने कारण नै छैन । म समन्वयकर्ता मात्रै हुँ ।

नेपाल प्रहरीमा मबाहेक थुप्रै उत्कृष्ट अधिकृतहरु हुनुहुन्छ । उहाँहरुमा आफ्नै क्षमता छ । भूकम्पदेखि सार्कसम्म काम गरिसक्नु भएको छ । नेपाल प्रहरीको आफ्नै गौरव भएको छ ।

२०७३ फागुन ६ गते २०:१५ मा प्रकाशित (२०७३ फागुन ८ गते ११:५४मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१४ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ११:१४

    This is an opportunity to you to show that you are the “Game Changer” and this will be the lessons to all Corrupted Political Leaders and Bureaucrats

    41
    0
    Share

  • Rabin KC लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ११:२२

    ‘बिचरा’ निमित्त आइजीपी ….
    अरु के नै भन्न सकिन्छ र.. अरु के नै आशा गर्नु र ??

    5
    45
    Share

  • papa लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ११:४८

    सशस्त्र प्रहरीमा प्राविधिक पृष्ठभुमिका कोषराज वन्तलाई आइजी बनाएकै हो । यिनी त झन् एआइजी नै रहेछन् । सिनियर हुंदाहुंदै किन डीआइजीलाइ आइजी बनाउनु पर्यो ? कानूनले पनि साथ दिएकै छ जस्तो छ । लौ आंट गर्नु पर्यो डाक्टर साब । जनपदलाइ हेरियो पटक पटक…डाक्टरलाई हेरौं एकपटक 🙂

    92
    3
    Share

  • Gopal Nakarmi, Sinamangal लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ११:५१

    Rajnaitik Khichatani ko Pratifal

    8
    5
    Share

  • केके लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते ११:५८

    डाक्टर साब आईजिपिको लफडा अदालतमा छ । अदालतमा लफडा पुग्नु भनेको तपाई चिकित्सा क्षेत्रको भएकोले सबै जानकारी नहुन पनि सक्छ । अर्थात तपाईलाई आईजीपिको जिम्मेवारी लामै समय सम्म प्राप्त हुने देखिन्छ । अर्थात अदालतमा आईजिपिको छिनोफानो हुन समय लाग्न सक्छ । त्यसैले अब ईन्जेकसन भन्दा पनि बन्दुक मै ध्यान दिए बेश हुन्छ । फेरी चुनावको घोषणा पनि होला जस्तो छ। दह्रो भएर आईजिपिको जिम्मेवारी सम्हाल्नु सर मेरो शुभकामना छ ।

    45
    3
    Share

  • राकेश लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १२:४४

    स्वास्थ्य मन्त्रालयको सचिव (प्रमुख) पदमा चिकित्सकलाइ बनाउन हुने, नेपाल प्रहरीको महानिरीक्षक (प्रमुख) पदमा चिकित्सकलाइ बनाउन नहुने भन्ने पनि हुन्छ र …
    खिलराज रेग्मीले प्रधानमन्त्री बनेर सिंगो चलाएजस्तै डा. जगदीशचन्द्र पोखरेलले पनि प्रहरी महानिरीक्षक बनेर प्रहरी संगठन चलाउँछन् । राजनीति बिग्रिएपछि के के हुन्छ के के …

    35
    1
    Share

  • Bidur Dhungana लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १३:०४

    Very gentle conversation

    29
    2
    Share

  • Yaduram Panthi लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:१५

    Congratulations Uncle. You deserve it. All the best for future. I’m so happy.

    13
    1
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:३०

    Ben Carson USA Republic Nominee for Presidential Candidate 2016 was top Nero Doctor in US, he was campaigning until last Oct in equal footing with Clinton and Trump. You can run the show as IGP and but stay Clean, don’t touch DIRTY MONEY,Don’t foul play, be transparent, be more assertive for common good, listen from lower rank equally, act decisively without any fear and favor, make police uniform VERY CLEAN FROM ALL KIND OF DIRT , YOU WILL BE A GAME CHANGER IGP. Advance Congratulation. My Guru Falgunada will bless you !!! SEBARO !!!!!!

    11
    1
    Share

  • Tulash Karki लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १५:१०

    अत्यन्तै झिनो, सामन्ती, संक्रिना र अनुत्पादक सोच र ब्याख्या|

    3
    12
    Share

  • vikas magar लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १६:१०

    डा. साहबले आत्मविश्वास दह्रो पार्न परयो । तपाई पनि यही फोर्सकै जिम्मेवार अधिकृत हो । तपाईले लगाएको फूली पनि यही फोर्सकै हो ।त्यसैले आत्म विश्वास कमजोर पार्न जरुरी छैन । आई.जी.पी.ले। बन्दूक चलाउने होईन । नीति र योजना चलाउने हो । निर्देशन दिने हो । २४ सै घण्टा र घण्टा घण्टाको रिर्पोट तपाई कहा जाहेर भई हाल्छ । त्यही रिर्पोटीड अनुसार निर्देशन दिने र योजना बनाउने हो । खास समस्या केही छैन । केही अप्ठयारो लागे सचिवालयका स्टाफ र मातहत दर्जासंग सल्लाह लिन पर्छ । तर निर्णय आफुले गर्नुपर्छ । शुभकामना ।

    29
    1
    Share

  • HBSigdel लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २०:५२

    IGP Saheb badhai chha.
    Suprime Court chha ra Desh bacheko chha.Party pad vag banda garera danga chemaki Vadragol ra aparpakwata dhekhera Danga .Hamro durbhagya.

    0
    0
    Share

  • R. K. Shrestha लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २१:०८

    Very Impressive and Intelligent interview. I highly appreciate his feelings and commitment to make Nepal Police a stable and strong organization whosoever leads this.After all this is the only organization to protect the civil rights to make their lives peaceful keeping them away from any sorts of illegal offenses as per the rule of existing laws.Politicians have to follow the norms and universal principles of Police Organization.

    1
    0
    Share

  • कुल प्रसाद फुयाल लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते १०:१२

    स्वास्थ्य मन्त्रालयको सचिव (प्रमुख) पदमा चिकित्सकलाइ बनाउन हुने, नेपाल प्रहरीको महानिरीक्षक (प्रमुख) पदमा चिकित्सकलाइ बनाउन नहुने भन्ने पनि हुन्छ र …
    खिलराज रेग्मीले प्रधानमन्त्री बनेर सिंगो चलाएजस्तै डा. जगदीशचन्द्र पोखरेलले पनि प्रहरी महानिरीक्षक बनेर प्रहरी संगठन चलाउँछन् । राजनीति बिग्रिएपछि के के हुन्छ के के …

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this