Comments Add Comment

स्मार्टफोन बजारमा ब्लाकबेरीको हिस्सा शून्य, माइक्रोसफ्टको नगन्य

स्मार्टफोन व्यवसायमा पुनरागमन गर्ने आशमा रहेको स्मार्टफोन कम्पनी ब्लाकबेरीको विषयमा एउटा निकै दुखद खबर छ । गार्टनरले हालै सार्वजनिक गरेको एक विश्लेषणात्मक अध्ययन अनुसार सन् २०१६ को अन्तिम त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा ब्लाकबेरीको बजार हिस्सा शून्य प्रतिशतमा झरेको छ ।

एक समय थियो जब स्मार्टफोन बजारमा ब्लाकबेरीको दबदबा थियो । यद्यपि कम्पनीले सन् २०१६ को अन्तिम त्रैमासिकमा २ लाख ७ हजार गोटा स्मार्टफोन बेच्न सफल भयो । तथापि यो संख्या कम्पनीका अन्य अपरेटिंग सिस्टमवाला स्मार्टफोन भन्दा पनि कम हो । जुन विश्व स्मार्टफोन बजारमा निकै नै नगन्य तथा झण्डै शून्य बराबर नै हो ।

ब्लाकबेरी अपरेटिंग सिस्टमको मार्केट शेयरमा आएको यो कमीको एउटा कारण चाहीँ ब्लाकबेरीले एन्ड्रोइड स्मार्टफोन लञ्च गर्नु तथा अन्य सर्भिसहरुमा ध्यान केन्दि्रत गर्नु पनि हो । ब्लाकबेरीले अहिले स्मार्टफोन उत्पानका लागि टिसिएल कम्पनीसँग करार गरेको छ । तथ्यांकले चाहीँ अब ब्लाकबेरीले स्मार्टफोन बजारमा शून्यबाटै सुरु गर्नुपर्ने देखाएको छ ।

एता माइक्रोसफ्टका लागि पनि सुखद खबर छैन । सन् २०१५ को अन्त्यमा विन्डोज फोनको बजार हिस्सा १.१ प्रतिशत रहेकोमा पछिल्लो पटक यो ०.३ प्रतिशतमा झरेको छ । कम्पनीले सन् २०१६ को अन्तिम त्रैमासिकमा केवल ११ लाख मात्र फोन बेच्न सफल भएको छ । यसको अर्थ विन्डोज प्लाटर्फम ब्लाकबेरी भन्दा खासै अगाडि नरहेको प्रष्ट हुन्छ ।

स्मार्टफोन बजारमा अहिले केबल दुईवटा अपरेटिंग सिस्टमको दबदबा रहेको छ, एप्पलको आइओएस र गुगलको एन्ड्रोइड । यी दुईमा पनि एन्ड्रोइडको पल्ला भारी छ । सन् २०१६ को अन्तिम त्रैमासिकमा एन्ड्रोइडको हिस्सा ८१.७ प्रतिशत छ भने आइओएसको बजार हिस्सा १७.९ प्रतिशत रहेको छ ।

तथापि समग्रमा कम्पनीको हिस्साको कुरा गर्नेहो भने चाहीँ सामसुंगलाई एप्पलले पछि पारेको छ । हालै आफ्नो पहिलो स्थान गुमाएको सामसुंगको भन्दा एप्पलका डिभाइसहरुको बजार हिस्सा बढि रहेको छ, पछिल्लो त्रैमासिकमा । जबकी स्मार्टफोन बजारमा तेश्रो स्थानमा हुवाबे र चौथो स्थानमा ओप्पो रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment