Comments Add Comment

रुसमा बन्यो हिउँमा सपना कुँदिएको पुस्तकालय

एक हजार मानिसका आशा र सपना कुँदिएको हिम पुस्तकालय रुसमा खुलेको छ । विश्वको सबैभन्दा गहिरो तालको रुपमा रहेको बैकाल तालको किनारास्थित हिउँमा विश्वकै पहिलो स्वप्न पुस्तकालय खुलेको हो । उक्त पुस्तकालयमा हिउँका ठूला तथा कडा टुक्राहरुमा एक हजार जना मानिसका सपना तथा अपेक्षाहरु कुँदिएका छन् ।

उक्त हिउँ पुस्तकालयका प्रमुख म्याक्सिम ख्भोस्तिस्कोभका अनुसार विचित्रको हिम पुस्तकालय खोल्ने गतवर्षको घोषणा आफूहरुले पूरा गरेको बताएका छन् । गत वर्ष उक्त पुस्तकालय खोल्ने योजना मुताविक मानिसहरुलाई आफ्ना सपना तथा कामनाहरु लेखी पठाउन आव्हान गरिएको थियो । तिनैमध्ये सुरुमा प्राप्त १ हजार जनाको सपना, चाहना तथा कामनाहरुलाई हिउँका बडेमाका टुक्राहरुमा लेखिएको छ ।

उक्त हिम पुस्तकालय अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुस्तकालयमा हिउँमा कुँदिएको सपनाहरुमा एकजना चिनियाँको सगरमाथा चढ्ने चाहना देखि एकजना फ्रेन्चको लभ गर्ने धोको र क्यानेडालीको चिट्ठा जित्ने सपनासम्म रहेका छन् ।

धेरैजसो मानिसका चाहनाहरुमा परिवारको स्वास्थ्य, केटाकेटीको हेरचाह तथा युद्ध विनाको संसार आदि रहेका छन् ।

बैकाल तालको किनारस्थित सेबल पर्वतको काखमा झण्डै ८ सय वर्ग मिटरमा फैलिएको छ उक्त हिउँ पुस्तकालय ।

उक्त पुस्तकालयका अधिकारीका अनुसार मानिसहरुले उक्त पुस्तकालयका हिउँका पानाहरुमा आफ्ना सपनाहरु कुँदाउनका लागि अझैपनि आफ्ना सपना पठाउन सक्दछन् । त्यसका लागि फेब्रुअरीको अन्तिम सम्मको म्याद राखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment