सोमबार, १६ फागुन, २०७३
OnlineKhabar.com

सरकारले भन्यो-२० वर्ष नाघेपनि निजी र सरकारी गाडी हट्दैनन्

तत्काल कालो नम्बर प्लेटका सवारी मात्रै हट्ने

अनलाइनखबर


६ फागुन, काठमाडौं । सरकारले फागुन १८ बगेबाट २० वर्ष पुराना गाडी सडकबाट हटाउन लागेको विषय चर्चामा छ । यसैका कारण धेरैले निजी सवारी पनि हट्ने ठानेका छन् । तर, यातायात ब्यवस्था विभागले तत्काल निजी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ ।

अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी विभागले दिएको छ । २० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउँछन् ।

‘तत्काल निजी गाडीको हकमा यो निर्णय लागू हुँदैन । सरकारले २० वर्ष पुगेका निजी गाडी हटाउने निर्णय नै गरेको छैन’ प्रवक्ता पाण्डे भन्छन्,’२० वर्ष पुराना सवारीको ब्लु-बुक नवीकरण र कर बुझ्न रोकिएको छैन ।’

यसैगरी गरी पहेँलो र र सेतो नम्बर प्लेटका सार्वजनिक संस्थान र सरकारी गाडीलाई पनि रोक्ने कुनै योजना नरहेको विभागले स्पष्ट गरेको छ । अहिले सार्वजनिक संस्थान र सरकारी निकायका धेरै गाडी सडकमा गुड्छन् । यसलाई हटाउने विषयमा सरकारले बोलेको छैन ।

‘पहिलो चरणमा हामी यात्रु र मालसमान ढुवानी गर्ने थोत्रा सार्वजनिक सवारीलाई मात्रै विस्थापन गर्दैछौं । त्यसपछि अर्को निर्णय गरे हामी अन्य प्रयोजनका सवारीलाई पनि २० वर्ष पुरानो भएपछि चल्न नदिन गरी निर्णय गर्ने योजनामा छौं’ प्रवक्ता पाण्डेले भने ।

तर, सरोकारवालाले भने २० वर्ष पुराना सबै किसिमका सवारी हटाउनुपर्ने बताएका छन् । नियमित रुपमा गुड्ने सरकारी गाडी नहटाउनुले सरकारको निर्णय अवैज्ञानिक र अब्यवहारिक देखिएको छ ।

विेशष गरी काठमाडौं फोहोर बोक्ने महानगरपालिका सवारीहरु निकै पुराना छन् । त्यसैगरी विभिन्न ढुवानीको काममा प्रयोग भइरहेका सरकारी सवारी पनि थोत्रा छन् ।

तर, विभाग भने अर्को निर्णय गरेर त्यस्ता सवारीलाई पनि सडकमा चल्न नदिइने दावी गर्छ । पहिलो चरणमा काठमाडौंबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यका बाहिर त्यसको कार्यान्वयन सुरु गर्ने तयारी छ ।

२०७३ फागुन ६ गते १७:२० मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ प्रतिकृयाहरू प्राप्त
  • Gopal Nakarmi, Sinamangal लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १२:१५

    Natra Ta Mero Jahaj Nai dubnethyo,pohor matra chora lae 1997 ko model ko pajero Kineko kawadi lae bechnu parthyo,,

    3
    1
    Share

  • binod लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १२:१९

    Good decision. Gov should issue eroze car licence for those who have private car for more than 20 years old. This will be a compensation to them and they will be happy as well

    2
    2
    Share

  • राज लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १२:४७

    यो त अन्याय भयो नि कालो प्लेट को बन्द गर्ने अनि अरु प्लेट को चाही केहि नगर्ने. या सबै गर्नु पर्छ या कुनै पनि गर्नु हुदैन.अधिकार त सबैको बराबरी हो नि. पुराना २० बर्से आगाडी को त सबै डिस्पोस गर्नैईपर्छ. त्यहि पुराना गाडी ले गर्दा हो ट्रफिक जाम भएको अनि पोल्लुशन पनि भएको. चाहे त्यो सरकार को होश या सर्ब साधारण जनता को भेदभाब गर्न पाइदैन. कि सबै कि कुनै पनि होइन

    19
    14
    Share

  • surath लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १३:१४

    japan ma baneko koreama baneko ra indiama baneko sabi gadi lai yautai haisiyatma rakhera hernu thik chhaina prdushanko adharma yasto nirnaya gare ramro hola.

    3
    3
    Share

  • Sahen Pradhan लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:०२

    Before Govt decide to take this step,It should start the first step with the compensation it’s going to provide for the decesion. The type of Vehicle doesnot matter wheather it is taxi,Cargo,Private car or Government. Each single vechile takes care of at least 4 or 5 members of family.How Govt is reimburse for this.I feel ..This decision is just like…Destroy the houses that are 60 years old because they are dangerous to life as Nepal is very much prone to earthquake.The decision seems wonderful but it should come with compensation package so that people don’t die /suffer with their decesion….

    5
    2
    Share

  • Amrit लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:२६

    यो त अन्याय भयो नि कालो प्लेट को बन्द गर्ने अनि अरु प्लेट को चाही केहि नगर्ने. या सबै गर्नु पर्छ या कुनै पनि गर्नु हुदैन.अधिकार त सबैको बराबरी हो नि. पुराना २० बर्से आगाडी को त सबै डिस्पोस गर्नैईपर्छ. त्यहि पुराना गाडी ले गर्दा हो ट्रफिक जाम भएको अनि पोल्लुशन पनि भएको. चाहे त्यो सरकार को होश या सर्ब साधारण जनता को भेदभाब गर्न पाइदैन. कि सबै कि कुनै पनि होइन yo ta janta mara niti bhayo pahile sarkari gadi hataunu parchha ani matra janatako hataune ho ni ta kaso ? jahapani janatako matra noksan hune bhayo .

    3
    3
    Share

  • Ratneshwor Guru Acharya लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १४:५५

    20 BARSHA VANDA PURONO NIJI SABARI (BIKE RA GADI) BIDAKO DIN MATRO CHALAUNI GARI VINTAGE CAR/BIKE KO DARJA DEYA BES HUNTHIYO

    2
    0
    Share

  • dhruba pandey लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १५:११

    Before Govt decide to take this step,It should start the first step from Government vehicle then go to the public.

    5
    1
    Share

  • praveen लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १८:१७

    २० बर्से पुरानो राजनैतिक पार्टीका टाउकेहरु पनि फाल्नु पर्छ ।

    0
    0
    Share

  • kabindra prasad sah लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते १:३२

    first to take action from government

    0
    0
    Share

  • सोम थापा लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ७:४५

    सरकारी थोत्रा गाडी मा मर्मत भन्दै महिनामै लाखौं को बिल आउँछ ,आधा भन्दा बढी कमिसन खान पाइन्छ ,नया मा कसरी खानु त? अनि प्रदुषण जाँच पास गराउने भन्ने अर्को नाटक नगरम त्या चरम घुस्खोरी हुन्छ ,बरु सरकारले एकैपटक बिस्थापन गर्न सक्दैन भने दर्ता नम्बर अनुसार लट लट गरेर क्रमश हटाउन पर्छ रातो,सेतो,पहेलो कालो निलो सबैको क्रमशः हट्नु पर्छ ,आफू दैलो मा मुत्ने अरुलाइ चर्पी जाउ भन्ने जस्तो भएन र सरकार ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this