Comments Add Comment

‘राधे’मा कमाण्डो बने निखिल, यस्तो बन्यो टिजर


नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘राधे’को टिजर सार्वजनिक गरिएको छ । सुशिल पोख्रेलको निर्माणमा तयार भएको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् ।

सार्वजनिक टिजरमा नायक निखिल उप्रेती कमाण्डोको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्र नायिकाद्धय प्रियंका कार्की र अशिष्मा नकर्मीलाई पनि टिजरमा देख्न सकिन्छ ।

निर्माता पोख्रेलका अनुसार चलचित्रलाई पूर्ण व्यवसायिक बनाइएको छ । निखिलको नयाँ शैलीको एक्सन र भूमिका दर्शकले चलचित्रमा हेर्न पाउने उनको भनाई छ । यो चलचित्र वैशाख १ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment