Comments Add Comment

घुसखोरीको आरोपमा सामसुङका कार्यवाहक प्रमुख कोरियामा पक्राउ

सामसुङ कम्पनीका कार्यवाहक प्रमुख ली जाइ-यो दक्षिण कोरियामा पक्राउ परेका छन् । उनीमाथि घुसखोरी लगायतका आरोपहरु छन् ।

यो मुद्दा एउटा स्क्यान्डलसँग जोडिएको छ जसको राष्ट्रपति पार्क गेउङ-हाइसम्म गासिएको छ । पार्कका एक मित्र चोइ सुन-सीलले चलाएको मुनाफारहित फाउन्डेसनलाई चन्दा दिएर सामसुङले सरकारको सदासयता प्राप्त गरेको आरोप लगाइएको छ ।

ली र सामसुङले भने यो आरोपको खण्डन गरेका छन् ।

सामसुङका कार्यवाहक प्रमुखलाई पहिले अभियोजन पक्षले जनवरीमा बयान लिएका थिए, तर त्यतिबेला उनलाई गिरफ्तार नगर्ने निर्णय गरेका थिए । तर यसै हप्ताको सुरुमा दोस्रोपटक उनको बयान लिइयो ।

शुक्रबार अदालतले भन्यो, ‘नयाँ थपिएका आपराधिक अभियोग एवं नविन प्रमाणहरुका कारण ली जाइ-योङलाई पक्राउ गर्नैपर्ने आवश्यकता देखियो ।’

औपचारिक अभियोग दर्ता गर्नुअघि २० दिनसम्म यस मुद्दामाथि अनुसन्धान गरिनेछ । पक्राउ प्रकरणले दोष वा निर्दोषबारे अदालतको धारणालाई प्रतिबिम्बित गर्दैन । यसको आशय यत्ति हो कि संभावित अपराधलाई यसले निकै गम्भीरताका लिन्छ ।

के हो आरोप ?

अभियोजन पक्षले लीमाथि ४१ अर्ब वन (३ करोड ६० लाख डलर) राष्ट्रपति पार्कको निकट मित्र चोइसँग जोडिएको संगठनलाई चन्दा दिएको दावी गरेको छ ।

यो कार्य सामसुङको आमूल परिवर्तनमा सरकारी सहयोग र समर्थन जित्नका निम्ति गरिएको उनीहरुको दावी छ । यसले आफ्ना बिरामी बुवा ली कुन-हीका लागि अध्यक्षको भूमिका निभाइरहेका लीको अनुकुलतामा सामसुङको नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउनेछ ।

सामसुङको विवादास्पद मर्जरका लागि राष्ट्रिय निवृत्तिभरण कोषको सहयोग आवश्यक पर्छ । आरोप के छ भने चन्दा उपलब्ध गराएको बदलामा आवश्यक सहयोग गरिएको छ ।

गत डिसेम्बरको एउटा संसदीय सुनवाईमा सामसुङले दुई फाउन्डेसनहरुलाई २० अर्ब ४० करोड वन दिएको स्वीकार गरेको थियो तर यसको बदलामा कुनै लाभ लिन नखोजेको उसको दावी थियो । लीले यो पनि पुष्टि गरेका थिए कि कम्पनीले चोइकी छोरी चुङ यू-राको घोडचढी करिअरमा सघाउन एउटा घोडा र पैसा दिएको थियो । यो निर्णयमा आफूलाई अहिले पछुतो भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment