Comments Add Comment

छोरी साराको करिअर आलियाको जस्तो नहोस् भन्ने चाहन्छन् सैफ


नायक सैफअली खानकी छोरी साराअली खानको बिषयमा बलिउड मिडिया लामो समयदेखि तरंगित हुँदै आएका छन् । साराले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलेको लामो समय भैसकेको छ । तर, सारालाई ठूलो पर्दामा हेर्न चाहने फ्यानको सपना कहिले पुरा हुने हो, पत्तो छैन ।

केहि समय अगाडि सारालाई निर्देशक करण जोहरले बलिउडमा लन्च गर्न लागेको खबर सार्वजनिक भैरहेका थिए । धर्म प्रोडक्शनले यस अगाडि चर्चित बलिउड स्टारका सन्तानलाई रंगिन दुनियाँमा भित्राइसकेको छ ।

तर, नायक सैफअली भने छोरी साराको करिअर आलिया भट्टको जस्तो नहोस् भन्ने चाहन्छन् । यसैले, पनि उनी साराको लन्च धर्म प्रोडक्शनबाट नहोस् भन्ने चाहन्छन् ।

बलिउडमा आज आलिया भट्टको निकै राम्रो चर्चा छ । आलियाले ठूला-ठूला ब्यानरमा पनि काम गरिरहेकी छिन् । तर, पनि आलियाको नाम करण जोहरसँगै जोडिएको छ । करणको आर्शिवादका कारण आलियालाई यो उचाई मिलेको हो भन्ने चर्चा बलिउड बजारमा चलेको पाइन्छ ।

सैफ छोरी साराको चर्चा यसरि नचलोस् भन्ने चाहन्छन् । उनी, छोरी सारा आफ्नै बलले बलिउडमा स्थापित होउन् भन्ने सोच राख्छन् । यसैले, पनि उनले छोरीलाई धर्म प्रोडक्शनबाट बलिउडमा भित्राउन नचाहेको भारतीय मिडियामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment