Comments Add Comment

जोखिम वापत व्यवस्था बढाउनुपरेपछि एनसीसीको नाफा ६८ प्रतिशत घट्यो


६ फागुन, काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ६८ प्रतिशतले घटेको छ । गत त्रैमाशमा २४ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा मात्रै ७ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकको अन्य ८७ प्रतिशतले घटेपछि र राइट ब्याकमा अघिल्लो पटकभन्दा कम रकम फिर्ता ल्याएपछि नाफामा असर परेको हो । बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा पनि उच्च वृद्धि गरेकोले नाफा घट्न गएको हो । बैंककोफि, कमिशन, डिस्काउन्ट, बिदेशी मुद्रा बिनिमय लगायतबाट भएको अन्य आम्दानी पनि घटेर २० करोडमा सिमित भएको छ । बैंकले ४ करोड मात्र राइट ब्याक गरेको छ भने प्रावधानमा ५६ करोड रुपैयाँ राखेको देखाएको छ ।

बैंकको खुद व्याज आम्दानी १ सय ४ प्रतिशतले बढेर १ अर्ब ३ करोड पुगेको छ । बैंकले १ करोड रुपैयाँसम्मको आवासीय कर्जा र अन्य रियल इस्टेटमा कुल कर्जाको १२.२५ प्रतिशत लगानी गरेको छ । यता, रियल इस्टेट कर्जा, होम लोन, मार्जिन कर्जा र ओभरड्राफ्ट लोनमा कुल कर्जाको करिब ५६ प्रतिशत लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन १ सय ८ प्रतिशत र कर्जा लगानी १ सय २२ प्रतिशतले वृद्धि गरेको छ । बैंकसँग कर्जा लगानी योग्य रकम अझै १.३२ प्रतिशत बराबर छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.०५ प्रतिशत छ । खराब कर्जा अनुपात ४.८४ प्रतिशत, पुँजी कोष लागत ५.२८ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.४९, प्रतिसेयर नटवर्थ १ सय ४९ रुपैयाँ, सेयरमा प्रतिफल ९.९३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment