शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

नेपाल आउने तेल र ग्यासमा कम नाफा खान भारत सहमत, वार्षिक एक अर्ब जोगिने

मार्केटिङ मार्जिन २.५बाट २ प्रतिशतमा झार्ने सहमति

रबिन्द्र घिमिरे


६ फागुन, काठमाडौं । नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउन भारत सहमत भएको छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

भारतीय आयल कर्पोशरेन (आईओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन सहमत भारत भएको हो ।

हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ प्रतिशतमा झार्ने सहमति भएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले अनलाइनखबरलाई जानकारी दिए ।

मार्चमा द्विपक्षीय ब्यापार सम्झौता हुने भन्दै खनालले भने, ‘हामीले सैद्धान्तिक सहमति गरेर फर्किएका छौं । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ ।’

भारतीय आयल कर्पोरशेनसँग यस्तो नाफामा राखिने मार्जिन घटाउन नेपालले लामो समयदेखि लबिङ गरिरहेको थियो । अब मार्चमा हुने द्विपक्षीय सम्झौतामा भारतले राख्ने नाफाको मात्रा घटाउने औपचारिक निर्णय हुनेछ ।


यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुनेछ । यो सहमतिले आयल निगमलाई वर्षमा १ अर्ब बढी फाइदा हुने निगमका प्रवक्ता खनालले बताए ।

‘यसले निगमलाई वर्षमा १ अर्ब बढी फाइदा मात्रै हुँदैन, नेपाली उपभोक्तालाई नै सहज हुनेछ’ खनालले भने, ‘तेल आयातमा बाहिरिने रकम पनि घट्छ ।’

नेपालमा अहिले वाषिर्क १ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयत हुन्छ । तेलको मूल्यमा अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्ने प्रणाली लगाइएको छ । यसैका कारण भारतले तेल बेच्दा आफूले राख्दै आएको नाफा घट्दा नेपाललाई आर्थिक रुपमा पनि निकै लाभ मिल्ने निगमको भनाइ छ ।

२०७३ फागुन ६ गते १५:१५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • ashish लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १६:३२

    1arba jogiyera k garnu nigam ko manche lai bonus badne ta ho ni nepali janata lai ta ustai ho.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this