Comments Add Comment

पुराना राजनीतिक शक्ति परिवर्तनका एजेण्डा उल्टाउने षडयन्त्रमाः ऊर्जामन्त्री

स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाउन विद्यार्थीहरुलाई आह्वान

६ फागुन, काठमाडौं । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।

अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सो धारणा राखेका हुन् ।

त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डा उल्टाउने षडयन्त्र शुरु गरेको भन्दै प्रतिगामनकारी हर्कतहरुलाई ठेगान लगाउन युवा विद्यार्थीहरुलाई आह्वान गरे ।

‘पुराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन्,’ मन्त्री शर्माले भने, ‘स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।’

अर्को प्रसंगमा उनले ऊर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको उल्लेख गरे । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गर्दै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरामात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए ।

ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment