मंगलबार, १६ जेठ, २०७४
OnlineKhabar.com

ओलीलाई देउवाको जवाफः राप्रपालाई धेरै भोट झापाबाटै आएको छ, होस गर्नुस्

अनलाइनखबर

६ फागुन, काठमाडौं । राप्रपाको महाधिवेशनमा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी चलेको छ ।

कार्यक्रम चलिरहँदा मञ्चमा एकै ठाउँमा बसे पनि देउवा र ओलीबीच खासै सम्वाद भएन । ओली नजिकै रहेका राप्रपा अध्यक्ष कमल थापासँग र देउवा डा. प्रकाशचन्द्र लोहनीसँग भने बेलाबेला कानेखुसी गरिरहेका देखिन्थे ।

शुभकामना दिने क्रममा ओली र देउवाले जुहारी खेले । सुरुमा सम्बोधन गरेर एमाले अध्यक्ष ओलीले राप्रपाले एमाले बाहेक अरु दललाई धक्का दिन सक्ने बताए ।

मञ्चमा बसेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले अरु पार्टीलाई अन्यथा भन्न नखोजेको भन्दै भने, ‘होसियार भए हुन्छ भनेको ।’

ओली सम्बोधनपछि हिँडे । तर, आफ्नो पालो आएपछि कांग्रेस सभापति देउवाले जवाफ दिए ।

राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको उनले बताए । चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको उनले बताए ।

देउवाले हाँस्दै भने, ‘ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापाबाटै आएको छ । होस् गर्नुस् ।’

झापा एमाले अध्यक्ष ओलीको गृहजिल्ला हो ।

२०७३ फागुन ६ गते १९:४२ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • Umesh sharma लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १७:०१

    यस्तै पारा हो भने झापा मात्र होइन,डडेलधुरा सहित देश भरी आउन बेर छैन धेरै भोट!!!!चेतना भया ……

    67
    13
    Share

  • ajaya pradhan लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १८:०३

    नयाँ शक्ति भन्ने पार्टीको भेला काठमाडौं मा हुँदा पनि ओली ले एमाले बाहेक अरुलाई खतरा भन्थ्ये त्यहि फलाक्दै हिड्दै छन् बाबै ,,अनि हामि तालि ठोक्ने जमात ,, त्यति बौद्धिक छौ नेता र जनता हामि

    1
    0
    Share

  • उत्तम लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते १८:५३

    राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको उनले बताए । चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको उनले बताए????? जस सङ लडे पनि जनता को लागि होइन रहेछ

    0
    0
    Share

  • Kpbhatts लेख्नुहुन्छ    |   २०७३ फागुन ६ गते २०:१८

    Sher lamki rahanchha…bhusyahaharu bhuki rahanchhan.

    0
    0
    Share

  • Prashant bashyal लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ६:४४

    Oli na deuba jun jogi aauepani kannai chireka….

    0
    0
    Share

  • Congress finished लेख्नुहुन्छ    |   २०७३ फागुन ७ गते ११:३१

    Aba ko election ma congress lai chahi batti balera khojnu parxa, mero saat pusta le pani congress lai vote haaldaina…Nepal ma kaalo din ko suruwaat garne nai congress ra maobaadi hun…India ko lampasarbad baadar hun congress , maobaadi ra Madeshi party haru, Aba ko election ma Vote for Emaale or Rastriya prajatantra party .

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this