Comments Add Comment

पाथीभरा भलिबलमा आर्मी र पुलिसको सहज जित

६ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

सदरमुकाम स्थित भानु जन माविको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । एपिएफबिरुद्ध आर्मीले २६-२४, २५-१९ र २५-१७ को सेटमा जित हासिल गरेको हो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा नेपाल पुलिसले पनि मध्यामाञ्चललाई सोझो सेटमै हराया । पुलिसले २५-९, २६-१६, र २५-१३ को सेटमा जित हासिल गरेको हो ।

आजको खेल सकिएसँगै प्रतियोगिताको शीर्ष दुई स्थानमा ९/९ अंकसहित त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव छन् । त्यस्तै एपिएफको ३, पूर्वाञ्चलको २ र मध्यामाञ्चलको १ अंक छ ।

प्रतियोगिता अन्तर्गत शनिबारपनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा घरेलु टोली पूर्वाञ्चल र एपिएफ तथा दोस्रो खेलमा शीर्ष दुई स्थानमा रहेका आर्मी र पुलिस आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment